महिला संघ परशुरामले मनायो तीज विषेश कार्यक्रम

Image

डडेल्धुरा । नेपाल महिला संघ डडेल्धुराको परशुराम नगरले तीज विषेश कार्यक्रम मनाएको छ । परशुराम नगरपालिका १२ का सभापति सुमन भट्टको अध्यक्षता र नेपाली काङ्ग्रेस महासमिति सदस्य एवं संविधानसभा सदस्य नरभान कामीको प्रमुख आतिथ्यतामा तीज विषेश शभकामना आदन-प्रदान संगै चियापान (दरखाने) कार्यक्रम मनाएको हो ।

परशुराम १२ स्थित डङ्सेरा सामुदायिक भवन प्राङ्गणमामा कार्यक्रमको आयोजना गरिएको महिला संघ परशुराम सभापति मञ्जु धामीले जानकारी दिईन ।

सम्पूर्ण दिदी बहिनिहरुले स्वास्थ्य अवस्थालाई ध्यानमा राखी हरितालिका तिजको व्रत गर्नु र सबैमा सद्भाव, एकता, मित्रता , सहिष्णुता कायम होस भन्दै कार्यक्रमका प्रमुख अतिथि महासमिति सदस्य नरभान कामीले सुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा परशुराम नगरपालिकाका १२ वटा वडा मध्ये अधिकांस वडाका सभापति र महिलाहरुको सहभागीता रहेको थियो । दिउसो २ वजे बाट सुरु भएको कार्यक्रममा काङ्ग्रेस डडेल्धुराका प्रवक्ता अर्जुन सिह साउद, नगर-उपसभापति तथा वडा न. १२ का निर्वाचित वडासदस्य जयबहादुर साउद, काँग्रेसस डडेल्धुरा सदस्य बसन्ती पाण्डेय, जिल्ला सदस्य शिव सोव, परशुराम नगर कार्य समितिका पदाधिकारी , वडा नं. ९ का सभापति गोपाल बोहरा, १२ का सभापति लक्षे बहादुर थापाको लगायतका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा शीर खाइ एक अर्कामा शभकामना आदान-प्रदान गरि सम्पन्न गरिएको वडा नं.१२ का सभापति लक्षे बहादुर थापाले जानकारी दिए ।