डडेल्धुरा । डडेल्धुरा कारागारमा आगजनी र तोडफोड गरि भागेका ८५ जना कैदीबन्दीहरु मध्ये हालसम्म ८० जना पक्राउ परेका छन । पाँच जना कैदीबन्दी अझै फरार रहेको कारागारका प्रशासक सन्तोष कुमार भट्टले जानकारी दिए ।
गत भदौ २३–२४ गते देशैभर चर्किएको जेनजी आन्दोलन पछी २५ गते बिहान आफ्नो सरसामानमा आगो लगाई कारागारको गेट फोडेर भागेका कैदिबन्दीहरु लाई नेपाली सेना, प्रहरी र शसस्त्र प्रहरी विभिन्न ठाउँबाट पक्राउ गरको थियो ।
१२७ जना कैदिबन्दी रहेको कारागारबाट ८५ जना भागेको कारागार प्रशासक भट्टले बताए । उनका अनुसार हाल कारागारमा १२२ जना कैदिबन्दी पुगेका छन । फरार रहेका पाँच जनाको खोज तलास गरिरहेको उनले जानकारी दिए । फरार रहेका पाँच जना कैदीकन्दीहरु मध्ये जबरजस्ती करणी मुद्दामा कैद्य भुक्तान गरिरहेका चार जना छन ।
जेलर भट्टका अनुसार फरार पाँच जनाहरु मध्ये तीन जना जबरजस्ती करणी मुद्दा र एक जना हाडनाता जबरजतस्ती करणी उद्योग मुद्दाका रहेका थिए । एक जना भने कर्तव्य ज्यान मुद्दाका रहेका थिए । जबरजस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका चार जना मध्ये दुई जनाको ठेगाना बैतडी जिल्ला रहेको छ भने एक/एक जनाको ठेगाना डडेल्धुरा र डोटी जिल्ला रहेको छ ।
कर्तव्य ज्यान मुद्दा लागेका एक जना अर्का फरार बैदीबन्दीको ठेगाना भने डडेल्धुरा नै हो । फरार रहेकाहरु मध्ये दुई जना बैतडी, दुई जना डडेल्धुरा र एक जनाको ठेगाना डोटी जिल्ला रहेको छ ।











