डडेल्धुरा । सामाजिक क्षेत्रमा विभिन्न काम गरि जेसीज सप्ताह मनाई रहेको नेपाल जेसीज डडेल्धुरा शाखाले शुक्रबार रक्तदान कार्यक्रम गरेको छ । जेसीज डडेल्धुरा वर्ष २०२५ को समितिले उग्रतारा मेला (देहिजाँतमा) निःशुल्क पानि वितरण गरि जेसीज सप्ताहको उद्घाटन गरेको थियो । देहिजाँतमा एक सय पेटी पानि वितरण गरिएको अध्यक्ष जेसी माहन देउवाले बताए ।
उनका अनुसार सप्ताहको दोस्रो दिन उग्रतारा मन्दिर परिसरमा सरसफाई गरिएको थियो । तेस्रो दिन नेपाल रेडक्रम सोसाईटी डडेल्धुराले संचालनमा ल्याएको ब्लड बैंकमा रक्तदान गरिएको उनले बताए । चौथौ दिन शनिबार जिल्ला प्रहरी कार्यालय डडेल्धराको कोर्टमा ब्याटमिन्टन प्रतियोगिताको आयोजना गरिने छ ।
यसैगरि सप्ताव्यापी कार्यक्रमहरुमा जिल्ला सदरमुकामको माउन्टेन माविमा बक्तृत्वकला प्रतियोगिता, महेन्द्र माविमा लागु औषध दुव्र्यसनी सम्बन्धि जानकारी मुलक कार्यक्रम, गन्यापधुरा गाउँपालिका वडा नं. १ को कार्यालय परिसरमा निःशुल्क आँखा जाँच शिविरको कार्यक्रम राखिएको उनले बताए ।
मंगलबार कात्तिक २५ गतेका दिन जेसीज डडेल्धुरा शाखाको कार्यालय उद्घाटन गरि रातो गुरास रिसोर्टमा सप्ताहको समापन गरिने उनले बताए ।











