डडेल्धुरा । सुदूरपश्चिमका सात पहाडी जिल्लाको स्वास्थ्य उपचारको केन्द्र डडेल्धुरा अस्पतालमा ए-क्सरे मेसिन बिग्रिएको पाँच महिना पुगेको छ । पाँच महिना यता ए-क्सरे मेसिन बनाउन नसक्दा बिरामी निकै मर्कामा परेका छन । संघिय सरकार मातहत रहेको डडेल्धुरा अस्पतालमा पाँच महिना देखि ए-क्सरे मेसिन बिग्रीए पछि एक्सरे गर्न अरु अस्पताल धाउनु पर्ने बाध्यतामा सुदूरपश्चिम प्रदेशका पहाडीबासी बिरामीहरुको बाध्यता बनेको छ ।
अस्पतालमा दुई वटा ए-क्सरे मेसिन रहेका थिए । सानो एक्सरे मेसिन संचालनमा रहेको भए पनि ठुलो ए-क्सरे मेसिन बिग्रिएको पाँच महिना पुगेको हो । ठूलो मेसिन बिग्रदा ढाड, कम्मर, घाँटीसहित जटिल खालको ए-क्सरे हुन सकेको छैन । जटिल खालका ए-क्सरे गर्न हाल बिरामीहरु निजि अस्पतालकासाथै धनगढी जान बाध्य छन् ।
सानो ए-क्सरे मेसिनबाट हात र खुट्टा भाँचीएको ए-क्सरे मात्रै भईरहेको अस्पतालका मेडिकल सुपेरीटेनडेन्ट डा. सुधा देबकोटाले बताईन । उनका अनुसार यी बाहेक अन्य जटिल खालको ए-क्सरे हाल हुन सकेको छैन । लामो समय देखि ए-क्सरे मेसिन बिग्रीदा ए-क्सरे गर्नकै लागि धनगढी जानु पर्दा बिरामी निकै मर्कामा परेका छन । समय दुरीसंगै उपचार निकै महंगो भएको स्थानीयको गुनासो छ ।
ए-क्सरे मेसिन पुरानो हुँदा पटक पटक बिग्रीएपछि मर्मत गर्न सम्भव भएन । मेसु डा. देबकोटाले भनिन्, नयाँ ए-क्सरे मेसिन खरिदका लागि टेण्डर प्रक्रिया शुरु भईसकेको छ । अबको एक महिना पछि ल्याउने तयारी भईरहेको छ ।
जटिल खालका ए-क्सरे गर्न डडेल्धुरा अस्पताल पुग्ने बिरामीले अझै कम्तिमा पनि एक महिना पर्खनु बाहेक अन्य विकल्प छैन । डडेल्धुरा अस्पताल नेपालका ११ वटा संघीय अस्पताल मध्ये ३ न. मा पर्ने अस्पतालको रुपमा चिनिन्छ । तर त्यहाँको सेवा सुबिधा स्वास्थ्य चौकी भन्दा पनि कम रहेको छ । ए-क्सरे मेसिन एक महिनामा चार पटक मर्मत गर्नेु पर्ने अवस्थाको रहेको सुनिन्छ । स्थानीय भुवन भण्डारीले भने, संघीय अस्पतालले प्रदेशिक अस्पताल कैलालिमा रेफर गराई सर्वसाधारण लाई मार्का परिरहेको छ ।
अस्पतालका मेसु महिनौ दिन सम्म हराउदा अस्पताल झन झन दयनिय हुँदै गरेको उनले गुनासो छ । पहिलो पटक ११ तहका मेसु पाएको डडेल्धुरा अस्पतालमा मेसु नै नबस्दा झनै समस्या आएको छ । मेसु देबकोटा दसैं भन्दा अगाडी अस्पतालबाट बाहिर गएकी थिईन ।
अस्पतालको कार्यालय प्रायोजनाका लागि संचलनमा ल्याईएको मोबाईल नं.समेत स्विच आफ गरि निमित्त मेसुको जिम्मेवारी कोही कसैलाई नदिई मेसु अस्पतालबाट बाहिरिएको अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझाले बताए । मेसुलाई कार्यालयको नं. मा फोन गर्दा स्विच अफ बताउने गरेको थियो ।
अध्यक्ष ओझाका अनुसार मेसु उपचार गरउन भनी भारत गएकी थिईन । तर अस्पताका केही जानकार कर्मचारीका अनुसार मेसु भारत नगई तिहार पछिसम्म स्ट्रेलिय भ्रमणमा थिईन । अहिले भने सम्पर्कमा आएकी मेसु देबकोटा शुक्रबार अस्पताल आईपुग्ने बताएकी छन ।











