पहाड भरि भारतिय प्रदुषण

Image
७४ प्रतिशत वनजंगल भएको हरियो डडेल्धुराको अवस्था । तस्बिरः पुष्कर भण्डारी ।

डडेल्धुरा । प्रतिनिधि सभा सदस्य निर्वाचनको हयाङओवर नसकिदै मौसमलाई मात लागेको छ । छर्लंगै हिमाल देखिने डडेल्धुराको एक डाँडाबाट अर्को देखिन पनि आईतबारबाट हम्मे भएको छ ।

आईतबार बिहानै लुम्बिनी प्रदेशको बुटवल भएर पहाड पसेको मौसमी प्रक्रियाका कारण पश्चिम पहाड दिउँसै अध्यारो भएको छ भने तराईमा यसको असर बेशी देखिएको छ । जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालय डडेल्धुराका सहायक मौसमविद मेघराज शर्माका अनुसार तराई र भारतमा रहेका कलकारखानाको प्रदुषण पहाड भित्रिएकाले अध्याँरो भएको हो । उनका अनुसार मध्यपूर्वका देशहरुमा भईरहेको भिषण युद्धको कारण पनि हुनसक्छ ।

कुल भु भागको ७४ प्रसतशत वनजंगले ढाकेको डडेल्धुरा जस्तो हरियाली जिल्लामा समेत सोमबार दिउँसो वायु प्रदुषण मापन एयर क्वालीटी ईण्डेक्स १५३ रहेको छ । जुन स्वास्थ्यकर होईन । सामान्यतय दुई सय माथी पुग्दा अश्वस्थ्य मानिने भए पनि पहाडमै डेढ सय बढी पुग्नु पनि राम्रो होईन । यसले स्वास प्रश्वाससंगै आँखामा असर पुगाई रहेको छ ।

मुलूकको आफ्नो कुनै मौसम प्रणाली छैन । छिमेक र परदेशमा उत्पन्न हुने मौसमी प्रणालीले यहाँको मौसमलाई प्रभावित गर्छ ।

शर्माका अनुसार नेपालसंग जोडिएका भारतका उत्तराखण्ड, उत्तर प्रदेश र पश्चिम बंगाल जस्ता राज्यको बढदो जनघनत्व र औद्योगिकरणले ८० को दशक देखिनै भारत नेपाल हुँदै बंग्लादेशको मैदानी क्षेत्रमा आफ्नो प्रभाव देखाउदै आएको छ ।

चिसो मौसमामा तराईमा बाक्लो हुस्सु लाग्नु र यो मौसममा धुुलो धुवाले आकाश कालै पार्दै आएको छ । एक अर्थमा यो बैज्ञानिकहरुका लागि जलवायु परिवर्तनकोे दह्रो प्रमाण हो र अहिले सम्म उनीहरुले यसबारे बोलेका छैनन् ।

उद्योगबाट निस्कने धुलो धँुवाका कण डस्ट पार्टिकलहरु सफा वातावरणमा मिसिन जाँदा प्रदुषण बढ्ने गरेको छ । मंगलबारसम्म हल्का पानी पर्ने देखिएकाले यसको असर कम हुदै जाने उनले जानकारी दिए ।

यो प्रदुषणलाई विकास निर्माणबाट आउने धुलो र किसानका खेतबाट आउने धुँवाले समेत प्रभावित गरिरहेको हुन्छ । वालक र बृद्ध यो मौसमबाट बढी प्रभावित हुने गर्दछन । अचानक भित्रिएको यो प्रणाली हराउन या त हावाहुरी चल्नु पर्छ या पानी नै पर्नु पर्छ । सोमबार कर्णाली र मंगलबार सुदूरमा हल्का पानी पानी पर्ने प्रणाली पनि विकसित भएको शर्मा बताउछन ।

डडेल्धुरा अस्पताका चिकित्सक डा. हेमा जोशीका अनुसार अहिले अस्पतालमा दैनिक जसो २०–३० जना सम्म स्वास प्रश्वासका समस्या भएका बिरामी पुग्ने गरेका छन । चिसो मौसममा स्वास प्रश्वासका विरामी बढ्ने गरेको उनले जानकारी दिईन ।