डडेल्धुरा । भित्रिमधेश क्षेत्रको चुरे पर्वतको भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । डडेल्धुराको परशुराम नगरपालिका–९ कुयापानी हट्वानी बस्ने ५३ वर्षीय छन्चरा धामीको चुरे भिरबाट लडेर मृत्यु भएको हो।
धामी हट्वानी जङ्गलमा घाँस काट्न गएकी थिईन । घाँस काट्ने क्रममा भिरबाट लडेर उनको सोमबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।












