डडेल्धुरा । जिल्ला सदरमुकामको तुफानडाँडा चोकमा केही दिन अघि मात्रै सेवा सुचारु गरेको टिम अस्पताल प्रा.ली.ले हप्तै पिच्छे विशेषज्ञ चिकित्सकद्धारा विरामीको चेकजाँच र उपचार सेवा दिदै आएको छ । अस्पतालमा वैशाख १९ गते कन्सल्टेन्ट फिजिसियन डा. अकाश रावत आउने भएका छन् ।
गत चैत महिनाबाट सामान्य चिकित्सा सेवा सुरु गरेको अस्पतालले गत वैशाख १२ गतेदेखी प्रत्येक साता विशेषज्ञ चिकित्सक ल्याउने उद्देश्य अनुरुप गत वैशाख १२ गते हाडजोर्नी तथा नशारोग विशेषज्ञ र स्त्रिरोग विशेषज्ञ ल्याई सेवा प्रदान गरेको थियो । अस्पतालले यस साता कन्सल्टेन्ट फिजिसियन ल्याउन लागेको अस्पलताल प्रशासक सुरेन्द्र जैरुले जानकारी दिए ।
अस्पतालले हाल अध्याधुनीक प्रयोगशाला, डिजिटल एक्सरे सेवा, फार्मेसी सेवा, भिडियो एक्सरे, ईसिजि, ओपीडी सेवा उपलब्ध गराईरहेको छ । अस्पतालले एक सुचना प्रकासन गर्दै ब्लड प्रेसर, थाईराईड, पेट, मुटु तथा छाती सम्बन्धि समस्या, कलेजो सम्बन्धि समस्या भएका बिरामीहरुले फाईदा लिन सक्ने बताएको छ ।
वैशाख १९ गते बिहान ८ बजे देखी बेलुकी ५ बजे सम्म अस्पतालमा विशेषज्ञ चिकित्सकद्धारा सेवा प्राप्त गर्न सकिने अस्पतालको सुचनामा उल्लेख गरिएको छ ।















