एनपिएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, समरविक्रमाले पनि खेल्ने

Image

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ ।

कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा हुने खेल अपराह्न ५ बजे सुरु हुनेछ । दुवै टोली प्रतियोगितामा आफ्नो प्रदर्शन बलियो बनाउने लक्ष्यसहित मैदानमा उत्रनेछन् ।

कुशल भुर्तेलको कप्तानीमा रहेको पोखरा एभेन्जर्सले हालसम्म एनपिएलको फाइनलमा स्थान बनाउन सकेको छैन । यस सिजनमा उत्कृष्ट प्रदर्शन गर्दै फाइनलसम्म पुग्ने लक्ष्य पोखराको हुनेछ ।

यता, दीपेन्द्रसिंह ऐरीको नेतृत्वमा रहेको सुदूरपश्चिम रोयल्सले लगातार दुई संस्करणमा फाइनलमा स्थान बनाए पनि उपाधि जित्न सकेको छैन । यसपटक उपाधि जित्ने लक्ष्यसहित मैदानमा रहेको सुदूरपश्चिमका लागि आजको खेल महत्त्वपूर्ण हुनेछ ।

यसैबीच, श्रीलङ्काका क्रिकेटर सदीरा समरविक्रमा पोखरा एभेन्जर्सबाट खेल्ने भएका छन् । उनको आगमनले पोखराको टोलीलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।

तेस्रो संस्करणको एनपिएलमा आठ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । नेपाल क्रिकेट सङ्घ (क्यान)का अनुसार प्रतियोगिता मङ्सिर ५ गतेसम्म सञ्चालन हुनेछ ।