दशैका लागि अग्रिम टिकट बुकिङ असोज १२ देखि खुला

Image
sf7df8f}F, !* c;f]hM l6s6 sfp06/df ;j{;fwf/0f b;}F kj{ glhlsP;Fu} 3/ hfgsf nflu sf7df8f}Fsf] gofF a;kfs{sf] l6s6 sfp06/df a;sf] l6s6 lng nfOg a;]sf ;j{;fwf/0f . of] jif{ clxn];Dd b;F}sf] nflu oftfoftsf] clu|d l6s6 a'lsª v'n]sf] 5}g M xl//fd e]6'jfn÷/f;;

काठमाडौँ । दसैँ तिहारका लागि सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ असोज १२ देखि खुला गरिने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घबिच शनिबार भएको बैठकले यातायात व्यवस्था विभागसँग छलफल गरी शीघ्र अग्रिम टिकट खुला गरिने निर्णय गरेको हो ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा बसेको बैठकले व्यवसायीका मागका सम्बन्धमा सात बुँदे निर्णय गरेको छ । बैठकले सडक विभाग अन्तरगतका सबै सडक घटस्थापना अगावै मर्मत सम्भार गर्न निर्देशन गरेको छ ।

बिपी राजमार्ग सडक सुरक्षाका लागि साना सवारी मात्र सञ्चालन गर्न र रात्रि सवारी सञ्चालन रोक्न गृह मन्त्रालय र नेपाल प्रहरीलाई अनुरोध गर्ने छ । विभागले त्यसको अनुगमन गरी यातायात मन्त्रालयलाई रिपोर्ट गर्ने निर्णय भएको यातायात व्यवस्था विभागका प्रवक्ता ईश्वरीदत्त पनेरूले जानकारी दिए ।

महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले भने, “यातायात मन्त्रालय र गृह मन्त्रालयमा छलफल भयो । अब एक/दुई दिनमा यातायात व्यवस्था विभागसँग बैठक गरेपछि अग्रिम टिकट खुला हुन्छ, ढिला हुँदैन ।” सवारीसाधनको यान्त्रिक परीक्षण गरी गन्तव्यमा जान सहज व्यस्थापन गरिने भएको छ ।

वैज्ञानिक भाडा समायोजन विगत तीन वर्षदेखि नभएकाले छठ पर्वको एक हप्तापछि समायोजन गरिने निर्णय भएको छ ।