लगातरको वर्षाले अधिकांश आन्तरिक उडान प्रभावित

Image
फाईल तस्बिर

काठमाडौँ । बुधवार राती देखि परेको वर्षाका कारण हवाई उडान प्रभावित बनेको छ । खराब मौसमका कारण अधिकांश आन्तरिक उडान हुन नसकेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले जानकारी दिए ।

शेर्पाका अनुसार जनकपुर, भैरहवा, सिमरा र धनगढीमा उडान भएको छ । तर बाँकी विमानस्थलमा खराब मौसमका कारण उडान हुन नसकेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले जानकारी दिए ।

पहाडी र हिमाली क्षेत्रका उडान रद्द भएका छन् भने अन्य विमानस्थलहरू खुल्ने क्रममा रहेको जनाईएको छ । दिउँसो पख मौसम खुलेमा उडान हुन सक्ने उनले बताए ।