एम्बुलेन्सलगायतका अत्यावश्यक सेवाका गाडी नागढुंगा सुरूङमार्गबाट पठाइयो

Image

काठमाडौं । पृथ्वी राजमार्गमा पर्ने धादिङ झ्याप्लेखोला पहिरोले गर्दा काठमाडौं छिर्ने र बाहिरिने सवारी साधनलाई वैकल्पिक मार्गबाट पठाउन थालिएको छ।

बिरामी बोकेका एम्बुलेन्सलगायत अत्यावश्यक सेवाका सवारी साधनलाई नागढुंगा सुरूङमार्गबाट काठमाडौं पठाउन थालिएको छ।

काठमाडौंबाट बाहिरिएका सवारी साधनलाई पनि पिपलबोटलगायत ठाउँबाट वैकल्पिक मार्गबाट पठाइएको छ।

धादिङको सिस्नेखोलादेखि काठमाडौंको बलम्बुस्थित सुरूङमार्गबाट एम्बुलेन्सलगायत सवारी साधन पठाउन थालिएको हो।

सवारी जाम हुँदा अलपत्र परेका बिरामी र उद्धार गरिएका घाइतेलाई सुरूङमार्गबाट काठमाडौं पठाइएको सडक विभागका सूचना अधिकारी अमितकुमार शर्माले जानकारी दिए।

‘सुरूङमार्ग पूर्ण रूपमा बनिसकेको छैन। त्यसैले इमर्जेन्सी अवस्थामा मात्र सुरूङमार्ग प्रयोग गरिएको हो,’ उनले भने। सुरूङमार्गमा रहेका कर्मचारीहरूसँग समन्वय गरेर प्रहरीले अत्यावश्यक सेवाका सवारी साधन सुरूङमार्गबाट पठाएको छ।

गत वैशाख ३ गते यो सुरूङ ब्रेक थ्रु गरिएको थियो। यो सुरूङ २ हजार ६ सय ८८ लम्बाइको छ।