सार्वजनिक सेवा प्रसारण विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

Image
‘सार्वजनिक सेवा प्रसारणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ प्रमाणीकरण गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार । तस्बिरः राष्ट्रपति कार्यालय

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले ‘सार्वजनिक सेवा प्रसारणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ प्रमाणीकरण गरेका छन ।

यो विधेयक प्रमाणीकरण भएसँगै ३१ औँ दिनदेखि कार्यान्वयनमा आउने छ। यो विधेयक कानुन बनेसँगै रेडियो नेपाल र नेपाल टेलिभिजनको एउटै नेतृत्वको मातहतमा सञ्चालन हुनेछन्।

उनले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम उक्त विधेयक प्रमाणीकरण गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

उक्त विधेयक सङ्घीय संसद्का दुवै सदनले पारित गरी प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयसमक्ष प्रस्तुत गरेका थिए।