बैतडी जाँदै गरेको रात्री बस डडेल्धुरामा दुर्घटनाः चार जनाको मृत्यु १२ घाईते

Image

डडेल्धुरा । महाकाली राजमार्ग अन्तरगत डडेल्धुराको अमरगढी नगरपालिका ७ कस्या नजिक मंगलबार राती ना ८ ख १०७८ नम्बरको बस दुर्घटना हुदा चार जनाको घटना स्थलमै मृत्यु भएको छ। १२ जना घाईते भएका छन ।

कंचनपुरको महेन्द्रनगरदेखि बैतडीको पुर्चौडि जाँदै गरेको रात्री बस दुर्घटना भएको हो । मृतकको सनाखत हुन हुन सकेको छैन । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायव उपरिक्षक सुगन्ध श्रेष्ठका अनुसार घाइतेको उपचार डडेल्धुरा अस्पतालमा भईरहेको छ ।

राती करिब १ बजेको समयमा घाईतेको उद्धार गरि अस्पताल पुगाईएको थियो । बस महाकाली राजमार्गबाट तल खसेर करिब दुई सय मिटर मूनी रहेको पोखरा बेलापुर सडकमा बजारिएको छ । घाइते तथा मृतकहरूको सङ्ख्या बढ्न सक्ने अनुमान गरिएको छ। दुर्घटना सम्बन्धी विस्तृत विवरण आउन बाँकी छ ।