Image
राष्ट्रपति रामचन्द्र पौडेल प्रसिद्ध धार्मिक स्थल बडीमालिका मन्दिरको दर्शन एवम् पूजा अर्चना गर्दै । तस्बिरः राष्ट्रपतिको सचिवालय

बाजुरा । राष्ट्रपति रामचन्द्र पौडेलले प्रसिद्ध धार्मिक स्थल बडीमालिका मन्दिरको दर्शन एवम् पूजा अर्चना गरेका छन ।

राष्ट्रपति पौडेलले प्रथम महिला सविता पौडेलसहित बिहीबार बिहान बाजुरास्थित त्रिवेणी नगरपालिका ९ मा पर्ने बडीमालिकाको पूजा अर्चना गरी टीका प्रसाद ग्रहण गरेका हुन ।

प्रसिद्ध धार्मिक स्थल एवम् शक्तिपीठ बडीमालिका मन्दिरमा पूजा एवं दर्शनका लागि भक्तजन आउने गर्दछन् ।

राष्ट्रपति पौडेलले आजै त्रिवेणी नगरपालिका ७ मा रहेको नाटयेश्वरी मन्दिरको नवनिर्मित भवन उद्घाटन गर्ने कार्यक्रम छ । राष्ट्रपति पौडेल उक्त कार्यक्रममा सहभागी हुन बुधवार अपराह्न सुर्खेत पुगेका थिए ।