डडेल्धुरा । १०औँ राष्ट्रिय खेलकुुल प्रतियोगितामा सहभागीताका लागी जिल्ला स्तरीय खेलाडी छानौट प्रतियोगिता संचालन गरिएको छ । यहाँका सात वटै पालिकाहरुबाट खेलाडीहरु संग निवेदन आह्वान गरि मंगलबार देखि जिल्ला स्तरका खेलाडी छनौट प्रतियोगिता संचालन गरिएको छ ।
स्वास्थ्यका लागी खेलकुद, राष्ट्रका लागी खेलकुद, भन्ने मुल नाराका साथ डडेल्धुरा जिल्ला छनौट प्रतियोगीता सुरु भएको जिल्ला खेलकुद विकास समितिको कार्यालय डडेल्धुराका प्रमुख डम्बर भण्डारीले जानकारी दिए ।
मंगलबार बिहान जिल्ला खेलकुद समितिका अध्यक्ष डम्बर बहादुर थापाका अध्यक्षतामा सुरु भएको उद्घाटन कार्यक्रमका प्रमुख अतिथी जिल्ला समन्वय समिति डडेल्धुराका प्रमुख गगन सिँह भण्डारीले पानसमा दियो बालेर गरे ।
उनका अनुसार छनौट प्रतियोगिता १० गते सम्म संञ्चालन हुने छ । जम्मा १६ वटा खेलमा प्रतिस्पर्धा गराइने कार्यालय प्रमुख भण्डारीले जानकारी दिए । छनौट खेलका लागी जिल्ला भरी बाट ५०० भन्दा बढी खेलाडीहरुको आवेदन परेको थियो । खेलकुद विकास समिति अध्यक्ष थापाले भने, यी मत्तइे २५० जना खेलाडीलाई छनौट गरी सुदूरपश्चिम प्रदेश स्तरीय प्रतियोगितामा सहभागीता गराइने छ ।
जिल्लाबाट छनौट भएका खेलाडीहरुले कार्तिक २४ गते देखि कैलालीको धनगढीमा हुने सुदूरपश्चिम प्रदेश स्तरीय प्रतियोगितामा सहभागी जनाउनेछन् । प्रदेश स्तरीय प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीहरुले यहि मंसिर २ गते देखी ९ गते सम्म कर्णाली प्रदेशको सुर्खेत जिल्लाको विरेन्द्रनगरमा आयोजना हुने १०औँ राष्ट्रिय खेलकुुल प्रतियोगितामा सहभागी जनाउनेछन् ।












