डडेल्धुरा । जिल्ला सदरमुकाम डडेल्धुरामा खुल्ला छोडिएको शौचालयको टंकी र नालीमा सिधै फालिएको ढलको व्यवस्थापनका लागि अमरगढी नगरपालिकाको जोडर पुगाई फिर्ता भएको छ । बागबजारको बगरकोट सडक बजारमा वर्षौ देखि शौचालयको ढल नालिमा छोडिएको छ । उक्त शौचालको सेफ्टी टंकी बनाउन र नालीमा ढल नफाल्न अमरगढी नगरपालिकाले तीन दिनको म्याद दिएको छ । बुधबार नगरपालिकाले डोजर लगेर भत्काउन पुग्दा घरधनीले एक दिन पर्खन आग्रह गरेपछी फर्किएको वडा नं. ५ का वडा अध्यक्ष टंक क्षेत्रीले बताए ।
शौचालयको ढल नालीमा छोडिदा जिल्ला सदरमुकामको बागबजार बगरकोट रोड बजार दुर्गन्धित बनेको छ भने विभिन्न रोगको संक्रमण बढेको छ । प्रशिद्ध धार्मिक पीठ घटालथान मन्दिर प्रवेश गर्ने गेट भन्दा अलि अगाडी शौचालयको ढल खुल्ला नालीमा छोडिएको छ ।
गत वर्ष नै दुई जना स्थानीयलाई काठमाडौँबाट बोलाई सेफ्टी टंकी बनाउन भनेका थियौ । वडा अध्यक्ष क्षेत्रीले भने, तर उनीहरुले बनाउछौ भनी नबनाई फर्किनु भएको रहेछ । आफ्नो घरको छेउमा खाल्टो बनाई शौचालय प्रयोग गरेको पाईएको थियो । त्यो बेला नै आफ्नै घरको मूनीको तलाको कोठामा भूमिगत रुपमा सेफ्टी टंकी बनाउने सहमती भएको थियो । अहिले सम्म नबनाएको पाईयो । उनले थपे, आज बिहान उक्त खुल्ला शौचालयको टंकी भत्काएर सफाई गर्ने योजनासहित डोजर लगेर पुगेका यियौ । तर स्थानीयले टंकी सफाई गर्न धनगढीबाट गाडी मगाएकाले रोक्न आग्रह गरेपछि रोकेका हो ।
सोमबार स्थानीयलाई अन्तिम पटकका लागी तीन दिनको म्याद दिएको र बिहिबार सम्म व्यवस्थापन नभए भत्काउने उनको भनाई छ । उनका अनुसार यस क्षेत्र दुई जना स्थानीयले शौचालयको ढल नालीमा छोडेको पाईएको थियो ।
शौचालयको ढल खुल्ला नालीमा छोडिएको स्थानीयहरुले गुनासो गर्दै आईतबार अमरगढी नगरपालिकालाई सामुहिक निवेदन बुझाएका थिए । यसको उचित व्यवस्थापन हुनु पर्ने माग स्थानीयहरुको छ । अमरगढी नगरपालिका ५ मा पर्ने यहाँबाट अमरगढी नगरपालिका २,३ वडासंगै भागेश्वर गाउँपालिका र बैतडीको तल्लो स्वराड क्षेत्र मेलौली नगरपालिका, शिवनाथ र पञ्चेश्वर गाउँपालिकाका स्थानीयहरुको आउजाउ गर्ने मुख्य सडक बाटो हो । उक्त नालीको ढल डोटी खोलामा मिसिन्छ ।













