जेसीज सप्ताहमा भलिबल प्रतियोगितासंगै बिबिध कार्यक्रम

Image

डडेल्धुरा । जुनियर सर्कल ईन्टरनेशनल (जेसिआई) डडेल्धुराले जेसिज सप्ताह मनाउने भएको छ । खुल्ला पुरष भलिबल प्रतियोगिताको आयोजगनासंगै अन्य विभिन्न गतिबिधि गरेर जेसिज सप्ताह २०२४ मनाउन लागेको अध्यक्ष जेसी लक्ष्मि ऐरले जानकारी दिईन । शनिबार पत्रकार सम्मेलनको आयोजना गर्दै उनले आगमी मंसिर १ गतेदेखि जेसीज सप्ताह सुरु हुने बताईन ।

प्रशिद्ध धार्मिक शक्तिपिठ उग्रतारा भगवती मन्दिरको मेला देहिजाँतको अवसरपारी जेसिज सप्ताहको उद्घाटन गरिने र एक सातासम्म बिविध कार्यक्रमको आयोजना गरि मंसिर ८ गतेसम्म सप्ताह मनाईने उनले बताईन ।

अध्यक्ष ऐरका अनुसार मंसिर १ गते कार्यक्रमको उद्घाटन एवं उग्रतारा मेलामा पानी वितरण गर्ने कार्यक्रम तय गरिएको छ । मंसिर २ गते उग्रतारा मन्दिरमा सरसफाई, ३ गते स्लो बाइक रेस प्रतियोगिता, ४ गते विपन्न परिवारका बालवालिकाहरुलाई शैक्षिक सामग्री वितरण गर्ने कार्यक्रम छ ।

मंसिर ६ देखि ८ गतेसम्म खुल्ला पुरुष भलिबल प्रतियोगिताको आयोजना गरिने छ । भलिबल प्रतियोगिताको प्रथम पुरस्कार ५५ हजार ५५५, द्वितीय पुरस्कार २५ हजार ५२५, तृतीय पुरस्कार १५ हजार ५५५ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने महासचिव रमेश भट्टले जानकारी दिए । पुरस्कारको २५ प्रतिशत कर आयोजक जेसिआईले नै व्यहोर्ने उनले बताए ।

प्रतियोगितामा सवोत्कृष्ट खेलाडी, बेष्ट स्पाईकर, सेटर, लिब्रो र ब्लकरलाई जनही नगद पाँच÷पाँच हजार रुपियाँ पुरस्कार प्रदान गरिने उनले जानकारी दिए । टीम दर्ता शुल्क ३५ सय तोकिएको छ ।