मोटरसाईकल दुर्घटना हुदा एक जनाको मृत्यु एक घाईते

Image
दुर्घटनामा ज्यान गुमाएका भूपेन्द्र भट्ट

डडेल्धुरा । भित्रिमधेशको जोगबुडा क्षेत्र परशुराम नगरपालिकामा मोटरसाइकल दुर्घटना हुदा एक जना युवकको मृत्यु भएको छ । एक जना घाईते भएका छन । परशुराम नगरपालिका-६ छेलाको तातोपानीमा मोटरसाईकल दुर्घटना हुदा वडा नं. ४ कटाल गाउँका २८ वर्षीय भुपेन्द्र भट्टको मृत्यु भएको हो ।

कार्तिक १४ गते बुधबार परशुराम नगरपालिका ६ छेलास्थित तातोपानीबाट परशुराम आफ्नो घर कटाल तर्फ आउदै गर्दा भट्ट आफैले चलाएको बा ०२ ०२२ प २१४५ नम्बरकको मोटरसाइकल दुर्घटना भएको हो ।

मोटरसाईकल अनियन्त्रित भई पल्टिएको प्रारम्भिक जानकारी पाएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक डम्बर बिष्टले बताए।

बिष्टकाअनुसार भट्टको टाउकोमा चोट लागेको थियो । उनको परशुराम नगरपालिका १२ लालढुंगा बजारमा रहेको जोगबुढा अस्पतालमा उपचारका लागि पुगाईएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरी निरिक्षक बिष्टले जानकारी दिए । मोटरसाइकल पछाडि सवार सोही ठाउँका ३० वर्षीय सिद्धराज भट्टको अवस्था मध्यम छ।

उनको टाउको, मुख र खुट्टामा चोट लागेकोले थप उपचारको लागि धनगढी रिफर गरिएको छ।