अरिङ्गालको टोकाईबाट आलितालका लक्ष्मणराजको ज्यान गयो

Image

डडेल्धुरा । जिल्लाको भित्रिमधेश क्षेत्रमा अरिङ्गालले टोक्दा एक जना वयस्क पुरुषको मृत्यु भएको छ।
गाई वस्तुलाई घाँस काट्दै गरेका आलिताल गाउँपालिका- १ दुनी बस्ने ५० वर्षीय लक्ष्मणराज जोशीको मृत्यु भएको हो । जोशीलाई कार्तिक १२ गते घर नजिकैको जंगलमा घाँस काट्ने क्रममा अरिङ्गालले टोकेको थियो।

अरिङ्गालको टोकाइबाट गम्भीर घाइते उनलाई उपचारका लागि डडेल्धुरा अस्पताल ल्याइएको थियो। तर, डडेल्धुरा अस्पतालमा उपचार सम्भव नभएपछि धनगढी रेफर गरिएको थियो।

धनगढीमा पनि उनको उपचार सम्भव नभएपछि भारतको बरेलीमा उपचार गराउने क्रममा उनको बिहिबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक डम्बर बिष्टले जानकारी दिए ।