साढे ४ लाख रुपैयाँसहित २८ जुवाडे पक्राउ

Image

डडेल्धुरा । करिब साढे चार लाख नगदसहित जुवा खेलिरहेका २८ जनालाई जिल्ला प्रहरी कार्यालय डडेल्धुराले पक्राउ गरेको छ । बिहिबार राति जिल्लाको गन्यापधुरा गाउँपालिका ३ गोयलखेतबाट उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायव उपरिक्षक सुगन्ध श्रेष्ठले जनाकारी दिए ।

पक्राउ परेकाहरुबाट ४ लाख ४१ हजार ८६९ रुपैयाँ नगद र १६ बुक तास बरामद गरेको उनले बताए ।

प्रहरीले उनीहरुको नाम भने सार्वजनिक गरेको छैन । सबैलाई हिरासतमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले उनले बताए ।