गृहजिल्ला डडेल्धुरा आउँदै देउवा, मेला र आमभेलामा सरिक हुने

Image

डडेल्धुरा । पूर्वप्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा गृहजिल्ला डडेल्धुरा आउने भएका छन् । काँग्रेस सुदूरपश्चिमका अनुसार २५ गते विहान कैलालीको धनगढी पुग्ने देउवा सोही दिन गृह जिल्ला डडेल्धुरा आउने कार्यक्रम छ ।

देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले दिएको जानकारीअनुसार डडेल्धुरामा विभिन्न देवीदेउताको हुने पूजाआजा र मेलामा सभापति देउवा सहभागी हुने कार्यक्रम छ ।

चौलोले प्रख्यात बडाल जात, उग्रतारा मेला देहिजातलगायतका मठमन्दिरमा हुने पूजाआजा र मेला देउवा सहभागी हुनेछन् । यस्तै भित्रि मधेशको जोगबुढामा हुने आम भेलालाई पनि देउवाले सम्बोधन गर्ने कार्यक्रम छ ।

देउवा मंसिर २ गतेसम्म डडेल्धुरा बस्ने कार्यक्रम रहेको उनका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।