चाडबाड मनाएर काठमाडौं फर्कनेको

Image

काठमाडौं । दसैं, तिहार र छठ मनाउन काठमाडौँ उपत्यका बाहिर गएकाहरू फर्किन थालेका छन्। चाडबाड सकिएसँगै बाहिर गएकाहरु काठमाडौं फर्किन थालेका हुन्।

हिजो आज राजधानी फर्किनेको चापले काठमाडौंको कलंकी, थानकोट, भक्तपुरका नाकामा भिड लाग्न थालेको छ।

ट्राफिक प्रहरीका अनुसार चाडपर्व मनाउन काठमाडौं छाडेकाहरु मध्य शुक्रबारसम्म ९० प्रतिशत काठमाडौं भित्रिसकेका छन्।

यसपालि बाढी पहिरोका कारण सडक अवरुद्ध भएपछि अघिल्लो वर्षको तुलनामा कम मान्छेले राजधानी छाडेका थिए।