कालिकोट । जिल्लाको पलाता गाउँपालिका राडुकाप्रे खोलामा जिप दुर्घटना हुँदा छ जनाको छटना स्थलमै मृत्यु भएको छ। खिनदेखी थिर्पुसम्म जादैँ गरेको क १ ज ५६ नम्बरको बोलेरो जिप आइतबार दिउँसो करिब साढे दुई बजे तिर राडुकाप्रे खोलमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा १३ जना गम्भीर घाइते भएको प्रहरीले जानकारी दिएको छ । गाडीमा कति जना सवार थिए भन्ने खुलेको छैन । अझै खोज तथा उद्धारमा प्रहरी र स्थानीय जुटेको जनाइएको छ ।
मृतकको पहिचान भने हुन सकेको छैन । घटना बारे थप विवरण भने आउन बाँकी नै छ।












