कालिकोट । जिल्लाको पलाँता गाउँपालिका–३ मा भएको जिप दुर्घटनामा परेका पाँच जना घाइतेहरूलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ।
पलाँता गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर रोकायाका अनुसार दुर्घटनामा परि १३ जना घाइते भएका छन्। थप घाइतेलाई उद्धारका लागि पुनः हेलिकप्टर गएको छ। नेपाली सेनाको हेलिकोप्टरद्वारा उद्धार गरी सुर्खेत स्थित प्रादेशिक अस्पतालमा लगिएको छ।
पलाँता गाउँपालिका–६ को वडा नम्बर ९ को थिर्पुतर्फ जाँदै गरको कर्णाली प्रदेश ००१ ज ५६ नम्बरको बोलेरो जिप वडा नम्बर ३ को काप्रे खोलामा दुर्घटनामा परेको थियो।
दुर्घटनामा परी ८ जनाको मृत्यु भएको उपाध्यक्ष अलैपुरा जैशीले जानकारी दिए। जिप भिरबाट करिब १०० मिटर तल खसेको प्रहरीले जनाएको छ।












