गृह जिल्लामा व्यस्त देउवा, धाार्मिक परम्परा संस्कृतीको जगेर्ना गर्न आवश्यक

Image

डडेल्धुरा । पूर्व प्रधानमन्त्री एवं नेपाली काँग्रेस सभापती शेर बहादुर देउवा गृह जिल्ला डडेल्धुरा पुगेर देविदेवताको दर्शन एवं कार्यकर्ता भेटघाटमा व्यस्त रहेका छन । सोमबार परशुराम धामको दर्शन गरेएका देउवाले मंगलबार गृह पालिका गन्यापधुरा पुगेर गन्याप देवताको दर्शन गरेका छन । देउवाले नांगो तरबारको चौलोले प्रख्यात बडाला जाँतको अवलोकन गर्नुका साथै गन्याप देवताको पूजाआजा गरेका हुन ।

बडाल जाँतमा पुग्नु भएका देउवाले धार्मिक परम्परा संस्कृतिको जगर्ना गर्नु पर्ने बताए । सानै उमेर देखि बडाल जाँतमा आई पूजाआजा संगै मेलाको रौनकमा रमाउने गरेको उनले सम्झिए । बडालको प्रख्यात चौलौ विभिन्न कार्यक्रमहरुमा समेत प्रदर्शन रिने गरेको उनले बताए । हाम्रो संस्कार, संस्कृति परम्पराले पर्यटकलाई आकार्षित र्छन । उनले भने, हामि सबै मिलेर धार्मिक परम्पराको जगेर्ना गर्नु पर्दछ । यसले आपसी भाईचारको सम्बन्ध पनि प्रगाड गर्दछ ।

सभापती देउवाले काँग्रेसका नेता तथा कार्यकतासंग भेटघाटसंगै संगठन र समसामयिक राजनीतिक बिषयमा अन्तरक्रियासमेत गरेका छन ।

गन्यापधुरा गाउँपालिका–२ बडालमा रहेको लाटागन्याप देवताकाको पूजाआजा गरी बडाल जाँतमा दाईन दमाह, रुसिंग, भोकर बाजाको तालमा नांगो तरबार नचाएर चौलो खेलिन्छ । धार्मिक शक्ति संगै चौलोले प्रख्यात बडाल जाँतमा भागेश्वर देवतालाई गाँजले ढोग गरे पछि दिउसोको मेला शुभारम्भ हुन्छ । प्राचिनकाल देखि चलिआएको छलिया जाँत हेरे पछि देवी देवताको दर्शन र आशिर्वाद प्राप्त हुने जनविश्वास रहेको छ ।

दाईन, दमाह, रुईसिंग, भोकर बाजागाँजाका साथ स्थानियहरु हातमा तरबार खेलाई चौलो खेल्दै गाँज नाचाई सके पछि बडाल जाँत सम्पन्न हुने गर्दछ । हता हातमा नांगो तरबार खेलाएर नाचिने भएकाले बडालको चौलो सुदूरपश्चिमको एक पहिचान बनेको लाटागन्याप भूमि देवल क्षेत्र विकास समितिका अध्यक्ष पूर्ण बहादुर देउवाले बताए । सुदूरपश्चिमकै सबै भन्दा बढी दाईन, दमाहा र भोक्कर बजाईने मेलाका रुपमा समेत बडाल जाँता प्रशिद्ध रहेको छ ।

बुधबार देउवा जिल्ला कार्यसमितले आमन्त्रण गरेको बैठकमा सय दिने संकल्प यात्रा बारे पनि छलफल गर्ने उनका स्वकिय सचिव भानु देउवाले जानकारी दिए । साथै बुधबार नै नवदुर्गा गाउँपालिका १ मा कार्यकर्ता र स्थानीयहरु संग भेट गर्ने कार्यक्रम रहेको उनले बताए । बिहिबार अजयमेरु गाउँपालिका १ र २ मा पुगेर नेता तथा कार्यकर्तासंग भेटघाट गरि स्थानीय विकास निर्माणका बिषयमा छलफल गर्ने चासो राखेको स्वकिय सचिव देउवाले बताए ।