“पश्चिम सेति बन्ने भईसक्या छ” (भिडियो)

Image

डडेल्धुरा । पूर्व प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले पश्चिम सेति जलबिद्युत आयोजना बन्ने भईसकेको बताएका छन । गृह जिल्ला डडेल्धुरामा रहेका देउवाले बुधबार संचारलेन्सलाई प्रतिक्रिया दिदै भारतले पश्चिम सेति बनाउन लागेको उल्लेख गरे । यो योजना बने राम्रो हुने उनले बताए ।

पश्चिम सेती करिब करिब अब ईण्डियाले बनाई दिने भन्या छ । त्यो धेरै राम्रो हो । उनले भने, करिब करिब बन्ने भईसक्या छ । पश्चिम सेति बन्यो भने त हामलाई सजिलो हुन्छ नी । चमेलियाको बत्ति आईरहेको छ अहिले । भारतले बनाउन लागेकाले अब पश्चिम सेती बन्ने उनको भनाई छ ।

भारतको नवरत्न कम्पनी एनएचपिसी लिमिटेडले पश्चिम सेती र सेती नदी–६ (एसआर–६) जलविद्युत आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) मस्यौदा लगानी बोर्डलाई बुझाएको छ ।

लगानी बोर्डका निर्देशक शुसिल भट्टका अनुसार एनएचपिसीले गत असार ५ गते डिपिआरको मस्यौदा बुझाएको थियो । परियोजनाको सर्वेक्षण अनुमतिपत्र पाएको कम्पनीले डिपिआरको मस्यौदा बुझाएको छ । यसमा लगानी बोर्डले आवश्यक अध्ययन प्रतिक्रिया दिइसकेपछि त्यसलाई सम्बोधन गरेर अन्तिम डिपिआर तयार हुनेछ । अन्तिम डिपिआर तयार भएपछि परियोजना विकास सम्झौता (पिडिए) प्रक्रिया अघि बढ्नेछ ।
परियोजनाको अन्तिम डिपिआरले समग्र सामाजिक, आर्थिक, भौगर्भिक, प्राविधिक एवं वातावरणीय पक्षबारे जानकारी दिनेछ ।

त्यस्तै परियोजनाको अनुमानित लागत, आयोजना निर्माण सुरु तथा सम्पन्न हुने समय र कार्ययोजना, बजार सुनिश्चितता, प्रसारणलाइन निर्माण, वित्तीय स्रोतको उपलब्धतालगायतका विषयमा पनि डिपिआरले मार्गदर्शन गर्नेछ । डिपिआरको विश्लेषणपछि परियोजना अगाडि बढाउन चाहेमा पिडीए हुनेछ ।

यसअघिको अध्ययनअनुसार ७५० मेगावाट क्षमताको पश्चिम सेती आयोजनाको लागत एक हजार ३२० मिलियन अमेरिकी डलर र ४५० मेगावाट उत्पादन क्षमताको एसआर–६ आयोजनाको लागत आठ सय मिलियन अमेरिकी डलर बराबर अनुमान गरिएको थियो ।

गृह जिल्ला डडेल्धुरा पुगेर विभन्न देविदेवताको मन्दिरमा गई पूजाआजा दर्शनसंगै नेता कार्यकर्ता भेटघाटमा व्यवस्त रहेएका देउवाले थुप्रै योजनाहरु अधुरा रहेको र नयाँ निर्माण गर्न पनि आवश्यक भएको बताएका छन । उनले डडेल्धुराको विकासका लागि योजनाहरुमा बजेट आईहेको बताए ।

बिहिबार नवदुर्गा गाउँपालिका १ चौरा र भागेश्वर गाउँपालिका ४ बगरकोट र डुङरी पुगेका देउवाले यी सडकहरु कालोपत्रे भएपछि निकै सहज भएको बताए । प्रजातन्त्रका लागि लड्दा भनौ २०४८ सालको चुनावमा म उम्मेदवार हुदा हिडेरै सबैको घरघर पुगेको हु । धेरैलाई चिन्थे । अहिले त गाउँमा कोही रहनु भएन । उनले भने, त्यो बेला गाउँमा रेडियो पनि कोही कसैसंग मात्रै हुन्थ्यो ।

खानेपानीको साह्रै समस्या थियो । ओहो ! अहिले त धेरै गाउँमा खानेपानी, सडक पुगेको छ । संचार जगतको विकास भएको छ । अझै सडक चौडा पारि कालोपत्रे गर्छु ।

देउवाले हवाई मैदान बनाउने योजना पनि सोचेको बताए । अजयमेरु गाउँपालिका १ पुईलेकमा हर्वाइ मैदान निर्माणका लागि फिजिविलिट सर्वे भएको र अब डिटेल सर्वे, डिटेल डिजाईनिंग गरिने बताए । यी दुई वटै सर्वे भएपछि बजेट ल्याउने उनले बताए ।

सडक चौडा पार्न समस्या हुने गरेकाले बागबजार–किर्तिपुर र खलंगा–टुडिखेल सडक कालोपत्रे गर्न ढिलाई भएको उनले बताए । स्थानीयहरु नै अवरोध गर्ने भएकाले सडक निर्माणमा ढिलाई भएको उनको भनाई थियो । यद्दपी आईत–किर्तिपुर, डकले–सल्लाघारी सडक अमरगढी चक्रपथका रुपमा चौडा पारि कालोपत्रेको काम अघि बढेको उनले बताए ।

भातकाडा–बडाल–रेल सडक पनि चौडा पारि छिट्टै कालोपत्रे गर्ने उनले बताए । पछिल्लो एक दशमा डडेल्धुरामा एक दर्जन पक्कि मोटरेबल पुल निर्माण भएसंगै स्थानीयलाई निकै सहज भएको उनको भनाई छ । अझै थुप्रै योजनाहरु बनाउनु पर्ने भएकाले बनाउने उनले बताए ।