डडेल्धुरा । डडेल्धुराबाट संचालनमा आएको अनलाईन समाचार पोर्टल www.sancharlens.com को पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले उद्घाटन गरेका छन । बिहिरबार एक कार्यक्रमका बिच देउवाले अनलाईन पोर्टलमा समाचार पोष्ट गर्दै उद्घाटन गरेका हुन ।
संचारलेन्स डटकमको उद्घाटन पछि सभापति देउवाले डडेल्धुराबाट अनलाईन समाचार सेवा संचालन गर्नु भएकोमा बधाईका साथै शुभकामना व्यक्त गरे । हाम्रो डडेल्धुराबाट अनलाईन माध्यम समाचार सेवा संचालन गर्नु भएको छ । उनले भने, अनलाईन समाचार सेवा प्रदान गर्ने साथीभाईलाई हार्दिक बधाई र शुभकामना दिन चाहान्छु । यसको उत्तरोत्तर प्रगतीको कामना गर्दछु ।
लिपुलेक मिडिया एण्ड टेक्नोलोजी प्रा.ली.ले उक्त न्यूज पोर्टल संचालनमा ल्याएको हो । यसका सम्पादक धन बहादुर भण्डारी रहेका छन । उनी डेढ दशक देखि डडेल्धुराबाट राष्ट्रिय आमसंचारका माध्यमहरुमा समाचार लेख्दै आईरहेका छन । उनी हाल पनि रासस र अन्नपुर्ण नेटवर्कका लागि काम गर्दै आइरहेका छन ।
यसको सुदूरपश्चिम संयोजकमा अग्रज वातावरण पत्रकार श्याम भट्ट रहेका छन । उनले करिब तीन दशकदेखि अन्तराष्ट्रिय सिमा, वातावरण क्षेत्रमा खासगरि जलवायुपरिवर्तनका बिषयमा समाचार लेख्दै आईरहेका छन । उनले कान्तिपुर, नागरिक दैनिक देखि ब्रेकएनलिंक्समा समाचार लेख्दै आईरहेका थिए ।
संचारलेन्स डटकमको डेस्क एडिटरमा सम्झना पाण्डेय छन । उनी डेढ दशकदेखि डडेल्धुराका एफएम रेडियोमा समाचार कक्षमा काम गर्दै आईरहेकी छन । उनले समाचार बाचन पनि गर्दै आईरहेकी थिईन । संचारलेन्स डटकमका समाचार अनलाईन न्यूज पोर्टलसंगै सामाजिक सञ्जाल फेसबुक, ईन्टाग्राम, एक्स र युटुवमा भिडियोसमेत हेर्न र पढ्न मिल्ने संचालक पुष्कर भण्डारीले जानकारी दिए ।












