बेसाहारा बालबालिकालाई डडेल्धुरा जेसीजको सहयोग

Image

डडेल्धुरा । जेसीज डडेल्धुराले बेसाहारा बालबालिकाहरु लाई शैक्षिक सामाग्री बाँडेरले सहयोग गरेको छ । जेसीज वर्ष २०२४ ले मनाईरहेको जेसीज सम्ताह कार्यक्रम अन्तरगत सोमबार बालगृहमा पुगेर बालबालिहकाहरु लाई शैक्षिक सामाग्री बाँडिएको छ ।

अमरगढी नगरपालिका ७ पोखरामा रहेको वेथस्दा बालगृहमा रहेका पाँच जना बालबाललिकाहरु लाई जेसीज डडेल्धुराले कपि, कलम, क्यालकुलेटरलगायतका शैक्षिक सामाग्री बाँडेको डडेल्धुरा जेसीज वर्ष २०२४ का अध्यक्ष जेसी लक्ष्मि ऐरले जानकारी दिईन ।

बालगृहका बालबालिकाहरु लाई समस्या भएको भन्ने थाहा पाएपछि सानो सहयोग गरिएको उनले बताईन । मंसिर १ देखि जेसीज सप्ताह मनाईरहेको जेसीजले उग्रतारा मेलामा १०० पेटी प्रशोधित पानी निःशुल्क बाँडेको थियो भने २ गते उग्रतारा मन्दिर परिसरमा सरसफाई गरेको थियो । सप्ताह कार्यक्रम अन्तरगत चौथो दिन भोली स्लो बाईक रेस आयोजना गरिने छ ।

मंसिर ५ गते देखि ७ गते सम्म खुल्ला पुरुष भलिबल प्रतियोगिताको आयोजना गरिने छ । प्रतियोगिताको प्रथम पुरस्कार ५५ हजार ५५५, द्धितिय पुरस्कार २५ हजार ५५५ र तृतिय पुरस्कार १५ हजार ५५५ रुपियाँ नगदसहित ट्रफि, प्रमाणपत्र, मेडलले सम्मान गरिने छ ।

बेसाहारा, अनाथ एवं टुहुरा, बालबालिकालाई गाँस, बास र कपाससंगै शिक्षा प्रदान गर्दै आईरहेको वेथस्दा बालहगृह बन्द हुने स्थितीमा पुगेको छ । आफ्नो स्रोत नहुनु र दाताहरुको सहयोग नहुदा बालगृह बन्द गर्नु पर्ने स्थितीमा पुगेको बालगृहका अध्यक्ष जीत ताम्राकारले बताए ।