कीर्तिपुरमा सुरु हुदै एनपीएल

Image

काठमाडौं । एनपीएलको पहिलो संस्करण आजबाट सुरु हुने भएपछि त्रिवि क्रिकेट मैदानमा रौनक छ । नेपाल प्रिमियर लिग (एनपीएल) सुरु हुन लागेपछि मैदान दर्शकले भरिएको छ ।

पुस ६ गतेसम्म सञ्चालन हुने एनपीएलमा ८ फ्रन्चाइज टोली सहभागी छन् । सबै टोलीमा विदेशी खेलाडी सहभागी भएका छन् ।

विश्व चर्चित खेलाडीहरु सहभागी हुने भएकोले कीर्तिपुर मैदानमा दर्शकको घुइँचो लागेको हो ।

पहिलो पटक हुन लागेको एनपीएलमा भारतीय क्रिकेटर शिखर धवनदेखि न्यूजिल्यान्डका मार्टिन गप्टिलसम्म नेपाल आएका छन् ।

आज हुने उद्घाटन खेलमा विराटनगर किंग्स र जनकपुर बोल्ट्स भिड्दैछन् । यो खेल हेर्न कर्णाली याक्समा अनुबन्ध भएका धवन पनि मैदानमा पुगेका छन् ।