उप निर्वाचनः कांग्रेस १५ सिटमा विजयी हुदा एमाले एमाले ७ र माओवादी ३ मा विजयी

Image

डडेल्धुरा । आईतबार सम्पन्न भएको उप निर्वाचनको नतिजा हिजो राती बाटै आउन थालेको छ । मतगणना जारी रहदा अहिले सम्म नेपाली कांग्रेस पार्टीले सबै भन्दा बढी सिट जितेको छ । कांग्रेसले २ स्थानमा जिल्ला समन्वय समिति प्रमुख र १३ वटा वडा अध्यक्षमा जित निकालेको छ ।

यस्तै एमाले पार्टीले ७ वटा वडा अध्यक्षमा जितेको छ भने माओवदी पार्टीले ३ वटा वडा अध्यक्षमा जितेको छ । यसैगरी जसपा नेपाल पार्टीले २ वडा अध्यक्षमा जित निकाल्दा रास्वपा पार्टीले १ वडा अध्यक्षमा जितेको छ । ३ वडा अध्यक्षमा अन्य दलहरुका उम्मेदवार विजयी भएका छन ।