काठमाडौँ । एनपिएल क्रिकेट प्रतियोगिताको कार पुरस्कार खेलाडी दीपेन्द्रसिंह ऐरीले पाएका छन । नेपाल प्रिमियर लिग (एनपिएल) को सवोत्कृष्ट नेपाली खेलाडी बन्दै ‘आमोडा एन्ड जेईको’ कम्पनीको कार पुरस्कार सुदूरपश्चिम रोयल्सका कप्तान ऐरीले पाएका हुन ।
उनले करिव ६२ लाख रुपियाँ बराबरको कार पुरस्कार पाएका हुन । दीपेन्द्रले प्रतियोगिताभर कूल दुई सय २७ रन बनाएका थिए ।
टोलीलाई फाइनल यात्रासम्म लग्न महत्वपूर्ण भूमिका निभाएका ऐरीले बलिङमा नौ विकेट लिएका थिए । उनले फाइनल खेलमा नौ रन बनाउनुभएको थियो भने एक विकेट लिएका थिए ।
यस्तै उत्कृष्ट बलर बनेका विजेता टोली जनकपुरका बलर ललित राजवंशीले मोटरसाइल पुरस्कार पाए ।












