मौसमका कारण स्थगित भयो पालिकास्तरीय महिला भलिबल प्रतियोगिता

Image

डडेल्धुरा । जिल्ला सदरमुकामको अमरगढीमा आयोजना हुने भनिएको सुदूरपश्चिम प्रदेश अन्तर पालिका स्तरीय महिला भलिबल प्रतियोगिता स्थगित भएको छ ।

जिल्ला भलिबल संघको आयोजनामा यही पुस १४ गतेबाट आयोजना हुने भनिएको प्रतियोगिता स्थगित भएको हो ।

मौसम पूर्वानुमान शाखाले निकालेको मौसमसम्बन्धी विशेष बुलेटिनका आधारमा केही दिन मौसम प्रतिकूल रहने देखिएकाले मौसम सफा नहुँदासम्म प्रतियोगिता स्थगित गरिएको जिल्ला भलिबल संघका अध्यक्ष राजेन्द्र ठगुन्नाले बताए ।