परशुराम धाममा प्रथम सुदूरपश्चिम मेयर फोरम सुरु

Image

डडेल्धुरा । भित्रिमधेशको परशुराम धाममा प्रथम सुदूरपश्चिम मेयर फोरम २०८१ सुरु भएको छ । महाकाली नदी किनारमा परशुराम नगरपालिका ५ मा अवस्थीत धाममा दुई दिने फोरम सोमबार देखी सुरु भएको हो ।

फोरमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै सुदूरपश्चिम प्रदेश सरकारका अर्थमन्त्री बहादुर थापाले औद्योगिक क्षेत्रमा लगानी गर्न विदेशी कम्पनीहरु लाई निमन्त्रणा गरिएको बताए । रोजगारीका अवसर र उत्पादन बढाउन नीजि लगायत विदेशी कम्पनीहरु लाई निमन्त्राण गरिएको उनले बताए ।

प्रथम सुदूरपश्चिम मेयर फोरम २०८१ का प्रमुख अतीथि रहनु भएका मन्त्री थापाले स्थानीय तहले आम्दानीका स्रोत पहिल्याई युवाहरु लाई स्थानीय स्तरमै रोजगारी अवसर दिनु पर्ने बताए । सुदूरपश्चिम प्रदेश सरकारले विभिन्न नीति तथा योजना बनाई औद्योगि क्षेत्रको विकासका लागि अघि बढेको उनले बताए ।

मेयर फोरमले नगरपालिका र गाउँपालिकाहरुले गरेका राम्रा अभ्यास र समस्या, चुनौतीका सवलमा भोगाई आदन प्रदान हुने उनले विश्वास व्यक्त गरे । जलवायु परिवर्तनले नेपाल र सारा विश्वलाई असर पुगाई रहेको उल्लेख गर्दै मन्त्री थापाले यसका अवसरहरु बारे सम्वादहरु अघि बढेको बताए ।

वेमौसमी वर्षाले विपद निम्त्याउदा ठूलो जोखिक मोल्नु पर्ने, पानीका मुहानहरु सुक्दै गएको, तराईमा पानीको सतह घट्दै गएको, हिमालको हिउ पग्लिदै गएकाले जलवायु परिर्वतका समस्याबाट जोगिन आवश्यक पूर्वाधारहरु निर्माण गर्नु पर्ने र समस्या, चुनौतीलाई अवसरका रुपमा बदल्न सम्वादहरु गरिन थालेको उनले बताए ।

जलवायु परिर्वनका असर कम गर्न, विकासलाई तिब्रता दिन र रोजगारीका अवसर सिर्जना गर्न सुदूरपश्चिम प्रदेश सरकारले केही योजना अघि बढाएको उनको भनाई छ ।

सुदूरपश्चिम प्रदेशका स्थानीय तहहरुले गरेका असल अभ्यासको आदान प्रदान, समस्या चुनौतीसंग एक भए जुध्न मेयर फोरमको आयोजना गरिएको परशुराम नगरपालिकाका नगर प्रमुख भरत बडायर जोशीले बताए । यस प्रदेशका सबै स्थानीय प्रमुखहरु लाई निमन्त्रणा दिई एकै ठाउँमा बसेर सम्वाद गर्ने उद्देश्यले मेयर फोरमको आयोजना गरिएको उनले बताए ।

मेयर फोरममा संविधानविध कासीराज दाहालले संविधानको मर्म अनुरुप संघियता अघि नबढेको बताए । राजस्व बाँडफाडमा विभेद गरिदै आएको उनको भनाई छ । ७० प्रतिशत राजश्व संघिय सरकारले राख्ने र ३० प्रतिशत मात्रै स्थानीय तहलाई दिईदा संघियता भनिए पनि पूर्ण रुपमा कार्यान्वयन नभएको उनले बताए । नाममा मात्रै संघियता भनेर पूर्ण रुपमा कार्यान्वयन नगरिदा जनता खुसी नभएको उनको भनाई छ ।

मेयर फोरममा सुदूरको सम्भावना बारे सम्वादमा लगानी बोर्डका पूर्व सिईओ शुसिल भट्ट, नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुर बहादुर चन्दले बहस गरेका छन । मेयर फोरममा महाकाली सम्वादलगायत, यहाँका सबै स्थानीय तहहरुका नाममा रुद्राक्षका विरुवा रोपण, महाकाली नदीमा व्यवसायीक रुपमा जल यात्रा गराउन र्याफ्ंिगको उद्घाटन, नदी किनारमा आरती र फायर क्याम्पको आयोजना गरिने परशुराम नगरका नगर प्रमुख बडायर जोशीले जानकारी दिए ।