पदम जोरा, डडेल्धुरा । भित्रिमधेशको परशुराम नगरपालिकाको आयोजनामा पौष १८ गते बिहिवारदेखी सुरु भएको १५औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता परशुराम रङ्गमैदानमा जारी रहेको छ । वडा.न. १२ को लालढुंगा स्थित परशुराम रङ्ग मैदानमा प्रतियोगिता निकै प्रतिशपर्धात्मक रुपमा सञ्चालन भईरहेका छन ।
बिहिवार र शुक्रवार दुईसम्म भएका विभिन्न बिधाका खेलहरुमा भुवनेश्वरी मावि परिगाउँको अग्रता रहेको छ । भुवनेश्वरि माविले ९ स्वर्ण, १ रजत र २ काश्य जितेको छ । शिद्दनाथ मावि चन्दनिले २ स्वर्ण १ रजत, जित्दा भागेश्वर मावि कटालले १ स्वर्ण हात पारेको छ ।
भागेश्वर मावि सलौनले १ स्वर्ण, ५ रजत हात पारेको छ । उता सिताराम मावि कुरमुल्लेले १ स्वर्ण, ३ भागेश्वर मावि शिर्षले २ कास्य, कैलपाल मावि वोडाले १ काश्य, शिवपार्वतती मावि पोखरीले १ रजत, शैलेश्वरी माबि तुलाभाडिले १ १ रजत, शिवशंकर मावि साँदनीले १ रजत १ कास्य, भागेश्वर माविले १ रजत २ कास्य र बैजनाथ मावि सलेताले १ कास्य जितेको छ ।
प्रतियोगिताका दोस्रो दिन शुक्रवारसम्म १०० मिटर, २०० मिटर, ४०० मिटर ८०० मिटर, ३००० मिटर दौड, सटफुट ,ज्यावलिङ थ्रो खेल सम्मपन्न भएको आयोजकले जनाएको छ । छात्र/छात्रा, कबड्डि, भलिवल, तेक्वान्दो, हाइजम्म, लङजम्प, त्रिपल जम्प र १५०० मिटर दौड आज शनिवार खेलाइने छन ।
प्रतियोगितामा नगरपालिकाका १६ सामुदायिक र एक संस्थागत गरि १७ माध्यमिक विद्यालय सहभागी छन । १७ वटा विद्यालयका करिव नौ सय बढि छात्र(छात्रा प्रतियोगिताका हरेक विधामा सहभागी छन ।
बिहिवार प्रतियोगिता संयोजक तथा सामाजिक विकास समिति संयोजक देव बहादुर बोहराको अध्यक्षता र नगर(प्रमुख भरत बडायर जोशीको प्रमुख आतिथ्यतामा प्रतियोगिता उदघाटन गरिएको थियो ।
प्रतियोगितामा प्रथम, दोस्रो, तेस्रो र सान्त्वना हुने बिद्यालयलाई नियमानुसार कर कट्टि गरि क्रमस् ३५ हजार, २५ हजार, १५ हजार र १० हजार नगद राशिसहित, शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने नगरपालिकाले जनाएको छ ।
नगरपालिकाको आर्थिक वर्ष २०८१/०८२ को स्वीकृत कार्यक्रम अन्तरगत नगर स्तरिय प्रतियोगिता सञ्चालन भइरहेको नगरपालिकाले जनाएको छ ।















