यु–१९ महिला विश्वकपमा नेपालको दोस्रो हार

Image
BANGI, MALAYSIA - JANUARY 20: Puja Mahato of Nepal plays a shot during ICC Women's U19 T20 World Cup 2025 match between Scotland and Nepal at YSD-UKM Cricket Oval on January 20, 2025 in Bangi, Malaysia. (Photo by Alex Davidson-ICC/ICC via Getty Images)

काठमाडौँ । मलेसियामा जारी आइसिसी यु–१९ महिला टी–२० विश्वकपमा नेपालले दोस्रो हार व्यहोरेको छ । समूह ‘डी’ अन्तर्गत मलेसियाको युकेएम ओभल मैदानमा सोमबार भएको दोस्रो खेलमा नेपाल स्कटल्यान्डसँग एक विकेटले पराजित भयो ।

जितको सँघारमा पुगेको नेपाल अन्तिममा सम्हालिन सकेन । नेपाल पहिलो खेलमा बङ्गलादेशसँग पाँच विकेटले पराजित भएको थियो । लगातार दोस्रो हारसँगै नेपालको सुपर सिक्सको सम्भावना टरेको छ ।

नेपालले समूह चरणको तेस्रो तथा अन्तिम खेल माघ ९ गते अस्ट्रेलियासँग खेल्ने छ । जितका लागि नेपालले दिएको ७४ रनको लक्ष्य १८.४ ओभरमा नौ विकेटको क्षतिमा पूरा गरेको हो ।

स्कटल्यान्डका लागि पिप्पा स्प्रोलले सर्वाधिक ३५ रन बनाए । ग्रवियल फन्टेलाले अविजित १२ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । बलिङमा नेपालका रचना चौधरी र सिमाना केसीले दुई तथा पुजा महतो र कृष्मा गुरुङले एक एक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले १८.५ ओभरमा सबै विकेटको क्षतिमा ७३ रन बनाएको थियो । नेपालका लागि कप्तान पूजा महतोले सर्वाधिक २७ रन बनाईन । यस्तै सावित्री धामीले १० रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

नेपालको ब्याटिङ कमजोर बनाउन बलिङमा स्कटल्यान्डकी मैसि म्याकिरा एक्लैले पाँच विकेट लिईनए । अमि बलडाइ र नइमा शेखले दुई दुई तथा क्रिस्टी म्यायाकोलले एक विकेट लिए ।