ओपन किक बक्सिङमा प्रतिशपर्धा गर्दै भक्तराज

Image

डडेल्धुरा । भारतको नयाँ दिल्लीमा हुने चौथो वाको इन्डियन ओपन किक बक्सिङ प्रतियोगितामा डडेल्धुराका भक्तराज जोशीले प्रतिशपर्धा गर्ने भएका छन । डडेल्धुराको अमरगढी नगरपालिका ७ पोखरा भन्तनगाउँमा जन्मिएका जोशी पहिलो पटक अन्तराष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन लागेका हुन ।

उनीलगायत प्रतियोगितामा सहभागी हुने चार खेलाडीसहित पाँच सदस्य टोली नयाँ दिल्ली पुगिसकेको छन । शुक्रवार राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले प्रतिशपर्धामा सहभागी हनुलागेका खेलाडीहरु लाई सफलताको शुभकामना दिदै एक कार्यक्रमबीच बिदाइ गरेका थिए ।

प्रतियोगिताको ५१ केजीमुनि नेपालका तर्फबाट भक्तराज जोशी र चिरन राईले प्रतिशपर्धा गर्ने छन । प्रतियोगिता फेब्रुअरी १ देखि ५ तारिखसम्म संचालन हुने छ । प्रतियोगिताको पुरुष ६७ केजीमुनि सुनिम श्रेष्ठ र ५४ केजीमुनि आशिक कोलीले नेपालको चुनौती प्रस्तुत गर्ने छन । प्रशिक्षकमा दिवान्स श्रेष्ठ रहेका छन ।