सुदूरपश्चिमको पहिचान विश्व स्तरमा चिनाउन प्रयास गरिदै

Image

डडेल्धुरा । सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपती डा.टिएन जोशीले प्रतिष्ठानको स्थापना भईसके पछि सुदूरपश्चिमको साहित्य, कला, ईतिहास, सभ्यतालाई र भाषालाई राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा पुगाउने प्रयास गरिरहेको बताएका छन । झण्डै दुई वर्ष भयो म उपकुलपती नियुक्त भएको । उनले भने, म एक्लै छु । मेरो समिति बनिसकेको छैन । तर पनि हामि संघर्ष गरिरहेका छौ ।

प्रज्ञा प्रतिष्ठान गठन गरेकोमा उनले प्रदेश सरकारलाई हार्दिक धन्यवाद दिए । कमसेकम यो प्रदेशमा एउटा प्रतिष्ठानको स्थापना गरेर, बिजारोपण गरि सुरुवात गरिएको उनको भनाई छ । वर्तमान सरकारले प्रज्ञा प्रतिष्ठानको विधेयकमा भएका केही कमी कमजोरीलाई सुधार गरेर चाँडै नै संसोधन गर्ने प्रक्रियामा अघि बढाएको उनले बताए ।

अब प्रदेश प्रमुख ज्यूबाट यो प्रमाणीकरण भईसकेपछि नियमाबली बन्ने उनले बताए । नियमाबली बन्ने बित्तिकै एक, दुई महिनामा नै यो प्रज्ञा प्रतिष्ठान एउटा स्वायत्त रुपमा पूर्ण अधिकार सम्पन्न प्रतिष्ठानका रुपमा विकास हुने र त्यसको आशामा बसिरहेको उनले बताए ।

अहिले सुदूरपश्चिम प्रदेशको मातृ भाषा के हुने भन्ने बहुत चर्चाको बिषय बनेको उपकुलपती जोशीले बताए । हाम्रो प्रदेशमा सबै भन्दा बढी बोलिने भाषा डोटेली भाषा हो । उनले भने, त्यसपछि थारु, रानालगायतका अन्य थुप्रै भाषीका, भाषाहरु पनि रहेका छन । त्यस कारण अब चाँडै नै सुदूरपश्चिमका सबै श्रष्टाहरु, सबै भाषा विदहरु लाई बोलाएर, यो प्रदेशको मातृ भाषा के हुने भन्ने ? एउटा बहस गरेर हामि अगाडी बढाउने छौ । यसकालागी प्रदेश प्रमुख, सरकार एवं सांसदहरुको बिषेश सहयोग हामिलाई चाहिएको छ । भाषा विदहरुको निक्र्यौल अनुसार सुदूरपश्चिम प्रदेशको मातृ भाषा निर्धारण गर्ने तयारीमा जुटेको उनले बताए ।

त्यसैको तयारी स्वरुप प्रतिष्ठानले अहिले सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लामा सांस्कृतिक जागरणको अभियानलाई अगाडी बढाएको उनको भनाई छ । हामिले राष्ट्रिय कविता महोत्सव भनेर सम्बोधन गरेका छौ । उनले भने, राष्ट्रिय लोकनृत्य महोत्सव भनेर सम्बोधन गरेका छौ । राष्ट्रिय ललितकला तथा प्रदर्शनी सम्पन्न भएका छन । विभिन्न अनुसन्धान ग्रन्थहरु प्रकाशन भएका छन । बैतडी, बझांग, बाजुरा, अछाम, डोटी, डडेल्धुरा हुदै कैलालीसम्म बिबिध सांस्कृति गतिबिधिहरु लाई हामिले निरन्तरता दिएका छौ ।

शुक्रवार डोटी शिलगढीमा नाटककार पहमानसिंह स्वाँरको सम्झनामा सुदूरपश्चिम साहित्यिक पत्रकारिताको अवस्था र चुनौती बिषयक बिचार विमर्श तथा बहुभाषिक अन्तराष्ट्रिय साहित्यिक गोष्ठिको आयोजना गरिएको उनले बताए । उक्त गोष्ठिमा भारतको सिक्किम, दार्जलिंग, खटिमा, पिथौरागडसंगै नेपालको कास्कि पोखरा, कैलाली, कञ्चनपुर, बैतडी, बझांग, डोटी जिल्लाहरु बाट साहित्यकारहरु सहभागी भएको जानकारी उनले दिए ।

भारत र नेपालका विभिन्न जिल्लाहरुबाट पाल्नु भएकाहरु साहित्यकार, कवि, गायक एवं लेखकहरुसंग समन्वय गरेर उहाँहरुसंग पनि हाम्रो मूल नेपाली भाषा र मातृ भाषाका बिषयमा बहस भएको छ । उनले भने, स्थानीय सरकारले आफ्नो पाठ्यक्रम निर्माण गर्दा गम्भिर रुपमा आफ्नो पालिका भित्रका बिषयवस्तुहरु छनौट गर्ने, सांस्कृतिक, ऐतिहासिक बिषयवस्तुहरु समेटिए की समेटिएनन्, भाषाविदहरु संग छलफल, समन्वय गर्यौ की गरेनौलगायत बिबिध बिषयमा बुद्धिविवदेक पुगायौ की पुगाएनौ । यी सबै गरिएको भए पनि अझै थप यसलाई बलियो बनाउन भाषाविदहरुको सहयोग चाहिएको भए प्रज्ञा प्रतिष्ठान तपाईहरु लाई सहयोग गर्न तयार रहेको उल्लेख गरे ।

केही समय अघि मानसखण्डको भूस्वर्ग मानिने खप्तडमा योग गुरु रामदेवसहितको समुहलाई आमन्त्रण गरि तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहलको उपस्थितीमा योग, ध्यानसंगै साहित्य सम्मेलन गरि सुदूरपश्चिमको पहिचान अन्तराष्ट्रिय स्तरमा पुगाउन पहल गरिएको उनले बताए ।