जनप्रतिनिधी र कांग्रेस वडा सभापतीहरुको समिक्षा, सहयोग गर्नेको क्रियाशिल सदस्य नविकरण गर्ने निष्कर्ष

Image

डडेल्धुरा । नेपाली कांग्रेस अमरगढी नगरपालिका कार्यसमितीले जनप्रतिनिधी र वडा अध्यक्षसंग समिक्षा कार्यक्रम सम्पन्न गरेको छ । नगर सभापती खेमराज भट्टको अध्यक्षतामा बसेको बैठकले नगरभित्रका निर्वाचित वडा अध्यक्ष र पार्टिका सभापतीहरुसंग आ-आफुले गरेका कार्यहरुको समिक्षा गरिएको छ ।

नेपाली कांग्रेसबाट टिकट लिई चुनाव जितेका अमरगढी नगरपालिकाका १० वटै वडा अध्यक्ष, ११ वटै वडाका पार्टि सभापती, नगर समिती र अन्य पार्टिसंग सम्बन्धित व्यक्तिलाई आमन्त्रण गरि समिक्षा कार्यक्रम आयोजना गरेको नेपाली कांग्रेसका नगर सभापती भट्टले जानकारी दिए । उक्त समिक्षा कार्यक्रममा क्रियाशिल सदस्यता नविकरण र वितरणकासाथै विकास निर्माणका गतिबिधिका बारेमा छलफल भएको सभापती भट्टले बताए ।

नेपाली कांग्रेस महासमिती सदस्य एवं सुदरपश्चिम प्रदेशका पुर्व समाजिक विकास मन्त्री गोविन्दराज बोहराको प्रमुख आतिथ्य र पार्टि उप-सभापती एवं अमरगढी नगरपालिका नगर प्रमुख डिल्लीराज जोशीको विशिष्ट आतिथ्यमा मगंलवार समिक्षा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा उपस्थित वडा अध्यक्ष, पार्टि सभापतीहरुले वडाको प्रगति र अगामी रणनितिका विषयमासमेत सुझाव व्यक्त गरेका थिए । कायक्रममा उपस्थित सम्पुर्णले क्रियाशिल सदस्याता नविकरणका विषयमा पार्टिलाई जुनसुकै अवस्थामा सहयोग गरेका र आम निर्वाचनमा पार्टिलाई योगदान पुगाएका सदस्याहरुको मात्रै क्रियाशिल सदस्या नविकरण गर्नका लागि सुझाव दिएका छन् ।

पार्टिका नेता तथा जनप्रतिनिधिहरुले २०७९ मा भएको चुनावमा क्रियाशिल सदस्य लिई अन्य गतिबिधिमा संलग्नको हकमा नयाँ प्रक्रियाबाट मात्रै सदस्या दिईनु पर्नेमा जोड दिएका छन । सो कुराको निर्णय वडा समितीलाई नै भएको जानकारी गराएका थिए ।

अन्य विकास निर्माणका कार्यहरुमा पार्टिको तल्लोतहमा रहेको टोल समिती र पार्टिको निर्णयलाई कार्यान्वयन गर्नेगरि अगाडी बढ्ने प्रतिबद्धतासमेत जनाएको अमरगढीका नगर सचिव देवकी भट्टले जानकारी दिईन । उक्त कार्यक्रममा कांग्रेससंग आवद्ध महासमिती सदस्य, प्रदेश सदस्य, क्षेत्रिय समितीका सभापती र जिल्ला कार्यसमितीका पदाधीकारी बएवं सदस्यहरुकोसमेत उपस्थिती रहेको थियो ।