कत्युरी राजवंशीको उत्कृष्ट कलाशैली अजयमेरुकोट, विश्व सम्पदा सूचीमा राख्न आवश्यक

Image

डडेल्धुरा । डोटेली राज्यको इतिहास बोकेको अजयमेरुकोट कत्युरी राजवंशको उत्कृष्ट कलाशैलीमा निर्माण गपरिएको पुरातत्व विभागका प्रमुख पुरातत्व अधिकृत एवं पुरातत्व विद भाष्कर ज्ञवालीले बताएका छन । पहिलो पटक उत्खनन् गरि अध्ययन, अनुसन्धान गरिएको अजयमेरुकोट यहाँको कलाकृती र निर्माण शैली फरक भएका कारण यो कत्युरी राजवंशको प्रभाव क्षेत्र नै रहेको पाईएको उनले बताए ।

जिल्ला समन्वय समितिको समन्वय र अजयमेरु गाउँपालिकाको आयोजनामा बुधबार कोट क्षेत्रमै आयोजना गरिएको प्रजातन्त्र दिवसका अवसरमा उनले अजयमेरुकोटको बिशिष्ट कलाकृती र निर्माण शैली कर्णाली नदीभन्दा पूर्वमा रहेका देवलहरुभन्दा फरक रहेको बताए ।
यहाँ बिचमा मण्डप बनाएर दायाँ बायाँ देवल बनाउने शैली छ । उनले भने, बैठक कक्ष र नाउलाहरु बिशिष्ट किसिमका छन । यो नेपालकै उत्कृष्ट कलाकृतिका रुपमा रहेको छ ।

अजयमेरु गाउँपालिकाले चालु आर्थिक वर्षमा ९० लाख रकम विनियोजन गरेपछि उनीसहित पुरातत्व विभागको एक टोललीले अजयमेरुकोट क्षेत्रमा पहिलो पठक उत्खनन् गरि अध्ययन अन्वेषण गरिरहेको छ । ऐतिहासिक तथा प्राचीन अजयमेरुकोटलाई सम्भावित विश्व सम्पदा सूचीमा राख्न आवश्यक रेहेको उनले बताए ।

पुरातत्व विभागले यसैको महत्वलाई ध्यानमा राखेर २०६५/०६६ मै यसलाई ‘क’ वर्गको वर्गिकरणमा सूचिकरण गरेको उनले बताए । कर्णाली र सुदूरपश्चिम प्रदेशमा रहेका जतिपनि सम्पदा, मनोमेन्टहरु छन । ती भन्दा यो क्षेत्र सबैभन्दा महत्वपूर्ण क्षेत्रका रुपमा रहेको छ । उनले भने ।
म परियोजनाको प्रमुख भईसके पछी २०६५/०६६ देखि २०७०/०७१ सम्म देवल, मण्डलीहरुको पुनः निर्माणको काम अघि बढाएको थिए । उनले भने, देवल र मण्डलीहरु पुनः निर्माण पनि गरिएका थिए । पुरातत्व विभागको टोलीले राम्रो काम पनि गरेको थियो । तर स्थानीय निर्माण व्यवसायीहरुले काम गर्दा क्वालिटि म्याटेन नभएपछि पुरातत्व विभागले काम रोकेको हो ।

उनका अनुसार अजयमेरुको थुप्रै किसिमका १३औँ, १४औँ शताब्दिका कोटदेखि लिएर किल्लाको रुपमा रहेको छ । अजयमेरुकोट भनिए पनि कोट मात्रै नभएर दरबारका भग्नावशेषहरु, डबलीहरु, सुरक्षा गर्न बनाईएका टावहरु, रानी गुफा, कुवाहरु र राज दरबारसंग सम्बन्धित थुप्रै सरचनाहरु उत्खनन् गरेको स्थानमा रहेको उनले बताए ।

यसैसंग गजोडिएको हाट गाउँमा ढुंगे देवलहरु, मण्डली र नाउलाहरु रहेका छन । कोट आफैमा सार्वजनिक स्वमित्वमा रहेको छ । तर हाट गाउँमा रहेका ढुंगे देवलहरु, नाउला र मण्डलीहरु नीति स्वामित्वमा रहेका छन । अबका दिन नीजि जग्गा अधिग्रहण गरेर संरचनाहरुको संरक्षण गर्न आवश्यक छ ।

निरय पाल र नागी मल्लको अभिलेख नै पाईएको छ । उनले भने, पहिले नपढिएका केही अभिलेखहरु अहिले हामिले उतार गरेका छौ । यसको क्रस चेक गर्छौ । विषय बिज्ञहरुसंग बसेर अध्ययन गर्छौ । यहाँ १३औँ शताब्दिका संरचनाहरु यत्रतत्र छरिएर रहेका छन ।

अहिलेसम्म गरिएको उत्खनन् र अध्ययन अनुसन्धानबाट अजयमेरुकोटमा दुई तलाको करिब १४ कोठे दरबार भएको हुनसक्ने देखिएको उनले बताए । बिचमा गल्लि, एका तिर तीन र अर्काे तिर चार कोठा गरि भूई तलामा सात र माथि जाने ढुंगाको सिंढी पनि भेटिएकाले दुई तले भवनमा करिब १४ कोठाको मूख्य दरबार रहेको हुनसक्ने खुलेको उनले बताए । मुख्य दरबार क्षेत्रमा दरबार संगै एक तले भवन, मण्डली, सुरक्षा टावरलगायतका गरि १० वटा ढुंगे संरचना भएको भेटिएको उनले बताए ।

एक त यो क्षेत्र विश्प सम्पदा सूचीमा सबैभन्दा पहिले राख्नु पर्ने क्षेत्रका रुपमा रहेको छ । उनले भने, योभन्दा कमजोर क्षेत्र दैलेखको घर्तिघाह आजभन्दा झण्डै २६ वर्ष अगाडी १९९६ मा नै विश्व सम्पदा समायोजन सूचीमा परेको छ । यो कुनै पनि हालतमा विश्व सम्पदाको सम्भावित सूचिमा सूचिकृत गर्न योग्य ठाउँ हो । पुरातत्व विभागको विश्व सम्पदा शाखाबाट चालु आर्थिक वर्षमा नै यसको अध्ययका लागि साथीहरु आउदै छन ।