अजयमेरुकोटमा भेटिए आठ वटा अभिलेख, अजय पाल नामका राजा नै थिएनन्

Image

डडेल्धुरा । पुरातत्व विभागको टोलीले पहिलो पटक अजयमेरुकोटको मुख्य दरबार क्षेत्र उत्खनन् गरि अध्ययन अनुसन्धान गरिरहेको छ । अजयमेरुकोटका विभिन्न स्थान देवल, मण्डप, नाउलाहरुमा आठ वटा ठाउँहरुमा अभिलेख कुदिएका छन । ती अभिलेख अनुसार राजा निरय पालको साके १२५० (वि.सं. १४२०) र राजा नाग मल्लको साके १३०६ (भनेको यसमा १५३ जोड्दा वि.सं. १४४१) का अभिलेखहरु पाईएको पुरातत्व विभागका प्रमुख पुरातत्व अधिकृत एवं पुरातत्व विद भास्कर ज्ञवालीले बताए ।

उनका अनुसार नागी मल्लको समय १२३८ थियो भने नाग मल्लको समय १३८४ थियो । यो समय करिब डेढ सय वर्षको इतिहासमा फरक छ । त्यस कारण यस क्षेत्रमा पाईएका अभिलेख अनुसार राजा नागी मल्लाका प्रमाणहरु पाईएका छैनन् । निरय पाल र नाग मल्लका अभिलेखहरु पाईएका छन ।

हालसम्मको अध्ययनले यो क्षेत्र कत्युर राजवंशको एउटा महत्वपूर्ण पेरीफेरीमा रहेको उनीहरुको एउटा महत्वपूर्ण केन्द्र हो । उनले भने, किनकी त्यतीबेला उत्तराखण्डको राजधानी शहर जोशीमट थियो । पछि बर्ब क्षेत्रमा राजधानी सर्यो । त्यही बेला यो एउटा महत्वपूर्ण क्षेत्रका रुपमा रहेको थियो होला । पछि डोटी राज्यमा निरञ्जन पाल राजाको पालासम्म आईपुग्दा यो एउटा राजधानी क्षेत्रका रुपमा विकास भयो । डोटी राज्यमा त्यसलाई निरन्तरता दिईयो ।

अजयमेरुकोटको प्राचिनता र नामाकरण बारे अहिलेसम्म प्रष्ट एकिन हुन सकेको छैन । कोही कसैले यो दरबार अजय पाल नाम गरेका राजाले निर्माण गरेकाले अजयमेरुकोट नामाकरण भएको बताउने गरेका छन । कत्युरी राजवंश र डोटेली राज्यको इतिहासमा अजय पाल नाम गरेका राजा वा शासक नै छैनन् । यो बिषयमा थप अनुसन्धान र अध्ययन गर्न आवश्यक रहेको अजयमेरुकोट उत्सखनन् गरि अध्ययन अनुसन्धान गरिरहेका पुरातत्व विभागका प्रमुख पुरातत्व अधिकृत एवं पुरातत्व विद भास्कर ज्ञवालीले बताए ।

राजा नाग मल्लको उकुको अभिलेखमा अजय पाल महाराज धिराज भनेर उल्लेख गरिएको छ । उनले भने, त्यहाँ कुदिएको अभिलेखमा अजय पाल महाराज धिराज र नाग मल्ल एक हो वा होईन भनी थप अध्ययन अनुसन्धान गर्न आवश्यक देखिएको छ ।

यसलाई अर्काे कोणबाट हेर्दा अजय भनेको कसैले पनि जित्न नसक्ने र मेरु भनेको एउटा पहाड हो । सामाजिक दृष्टिले महत्वपूर्ण अजयमेरुकोट तीन तिरबाट खोलाले घेरेको प्रकृतिको पनि बरदान जस्तो पहाडको टापु, तीन तिर नै भिरालो भौगोलिक अवस्थामा रहेको छ । एका तिरबाट मात्रै दरबारमा प्रवेश गर्न सकिन्छ ।

यस कारण सामाजिक दृष्टिकोणलेसमेत निकै महत्वपूर्ण रहेको र मानव निर्मित, उपयुक्त भूगोलमा अजयमेरुकोट दरबार अवस्थित छ । प्राकृतिक र निर्माण गरिएका संरचनाहरु उपयुक्त स्थानमा रहेका छन । उनले भने, सम्भव तहः दोस्रो तर्क उपयुक्त हुन सक्छ । त्यसको खोज अनुसन्धान गरेर यस बारे निक्यौल गर्ने नै छौ ।

उनका अनुसार अजयमेरुकोटको इतिहास महत्व बारे बुझ्दा कत्युर राजवंस, अहिलेको भारतको उत्तराखण्ड राज्य अन्तरगत पर्दथ्यो । कत्युर राजवंश सातौ शताब्दिदेखि १२औँ शताब्दिसम्म प्रचलनमा थियो । यसको संस्थापक सातौ शताब्दिमा बाशुदेव थिए । १२औँ शताब्दिको उत्तरार्ध र कत्युरी राजवंशको अन्त्य तिर त्रिलोक पालको समयमा आईपुग्दा कत्युर राजवंश पतन भएको थियो ।

कत्युर राजवंश पतन भईसके पछि आठ वटा भागमा सशासन राज्यमा विभाजन भएको थियो । त्यसै क्रममा डोटी राज्यको स्थापना भएको थियो । यसै बिचमा डोटी राज्य स्थापना हुन अगाडी पूर्व तर्फ कर्णाली तिर खारी राज्यबाट आएका शासकले ११औँ शताब्दिको मध्य तिर जुम्लाको सिंजामा राज्य स्थापना गरेर बृहत नेपाल राज्य स्थापना गरेको इतिहास रहेको उनको भनाई छ ।

त्यसै क्रममा १२औँ शताब्दि देखि १३औँ शताब्दिको बिचमा क्रा चल्ल र अशोक चल्लले यो क्षत्रेलाई शासान गरेका थिए । कर्णाली क्षेत्रको एउटा अधिनस्त क्षेत्रको बिचमा यो क्षेत्र परेको थियो । किनकी कुमाउको बालेश्वरमा पनि क्रा चल्ल र अशोक चल्लका अभिलेखहरु पाईएका छन । उनीहरुले यो क्षेत्रमा पनि शासन गरेका उनले बताए ।

यहाँको परम्परा, लोक संस्कृतीमा नागी मल्लले यहाँका धामिशिद्धसंग गरेको सासास्द्रका कुराहरु, उनले अकुपाई गरेका कुराहरु स्थानीयहरुको लोक संस्कृतीमा जोडिएका छन । एउटा कुरामा भ्रमित नहुन जरुरी छ । उनले भने, नागी मल्ल र नाग मल्ल फरक हुन । नागी मल्लको शासन डोटी राज्यको संस्थापक निरञ्जन पालदेव थिए । जुन १३औँ शताब्दिको सुरुवातमा डोटी राज्य स्वतन्त्र भएको थियो । त्यो के थियो भन्दा पहिले कत्युर राजवंशकै शासकहरुले डोटी राज्यमा आफ्नो राज्य स्थापना गरेका थिए । बिचमा कर्णालीको अधिनस्त राज्यका रुपमा रहेको थियो । पछि पृथ्वी मल्लको १४१४ को दुल्लु अभिलेखमा स्पष्ट रुपमा यो क्षेत्र उनीहरुको करद क्षेत्र अन्तरगत पर्दथ्यो ।

इतिहासमा लुकेको एउटा महत्वपूर्ण पक्ष यो राज्य जब निरञ्जन पाल देखिपछि नागी मल्ल, रिपु मल्ल, निरय पाल, नाग मल्ल हुदै १६औँ शताब्दिदेखि यो राजधानि रहेको थियो । उनले भने, त्यो पनि डोटी राज्यको महत्वपूर्ण राजधानीका रुपमा । १६औँ शताब्दिमा आईपुग्दा भारतमा अकबरको शासन थियो । मुस्लिमहरुको जगजगि थियो । त्यहि समयमा यस क्षेत्रमा मुस्लिमहरुले भिषण आक्रमण गरेको छ । यसलाई ध्वस्त बनाएको छ ।

सम्भव त त्यती बेला देखि नै यो अजयमेरुकोट क्षेत्र एउटा खण्डहरका रुपमा रह्यो । यहाँको राजधानी बिलुप्त भएपछि डोटीको शिलगढीमा स्थापित भयो । र नेपाल एकिकरणका क्रममा १७९० मा बहादुर शाहको पालामा पृथ्वी नारायण शाह अनुयायी रहेका बेला नेपालमा गाभिन गएको देखिएको उनले बताए ।