डडेल्धुरा । महाशिवरात्री एवं नेपाली सेना दिवस २०८१ को अवसरमा अर्जनुवाण गण डडेल्धुराले जिल्ला स्तरिय खुल्ला नाईन ए साईड मैत्रीपूर्ण पुरुष फुटबल प्रतियोगिताको आयोजना गरेको छ । अमरगढी नगरपालिका १ दहमा रहेको अर्जुनवाण गणले गणको आफ्नै फुटबल मैदानमा प्रथम फुटबल प्रतियोगिताको आयोजना गरेको हो ।
शनिबार देखि संचालन भएको प्रतियोगितामा यहाँका पाँच वटा टिमहरुको सहभागिता रहेको थियो । उद्घाटन खेलमा अर्जुनवाण गण र निजामति कर्मचारी बिच प्रतिशपर्धा भएको थियो । जसमा अर्जुनवाण गणले निजामति कर्मचारीको टिमलाई १०-१ गोल गर्दै पराकिलो जित निकालेको छ ।
दोस्रो प्रतियोगिता गन्यापधुरा गाउँपालिका १ भात्काँडाको मिलन युवा क्लव र डडेल्धुरा जेसिजका बिच भएको थियो । यो प्रतियोगितामा मिलन युवा क्लवले ५-० गोल गर्दै जित निकालेको छ ।
शनिबारको अन्तिम खेल अमरगढी नगरपालिका ४ को जय बाबा घटाल क्लव र अर्जुनवाण गण बिच भएको थियो । यो प्रतियोगितामा अर्जुनवाण गणले ६-० गोल गर्दै जय बाबा घटालमाथि सहजै जित निकालेको थियो ।
मिलन युवा क्लवसंग पराजित भएको डडेल्धुरा जेसिजले फागुन १३ गते तेस्रो स्थानका लागि जय बाबा घटाल क्लवसंग प्रतिपर्धा गर्दा पहिलो स्थानका लागि १४ गते अर्जुनवाण गणले मिलन युवा क्लवसंग प्रतिशपर्धा गर्ने छ ।
डडेल्धुरा जिल्लाका प्रतिभावान खेलाडीहरुको पहिचान गर्न प्रतियोगिताको अयोजना गरिएको अर्जुनवाण गणका गणपती उज्वल थापाले जानकारी दिए । उनका अनुसार युवा खेलप्रेमीहरु लाई खेल प्रतिको आकर्षण बढाउनुका साथै जिल्लाको समग्र खेलकुद क्षेत्रको विकास र युवाहरु माझ सकरात्मक सहयोगी भावना जागृत गर्न फुटबल प्रतियोगिताको आयोजना गरिएको हो ।












