डडेल्धुरा । नेपाल सरकारका गृहमन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य रमेश लेखक बिहिवार डडेल्धुराको महाकाली नदी किनारमा आउने भएका छन । नेपाल भारत सिमा काली नदी किनारको परशुराधममा हुने परशुराम साहित्य महोत्सवको उद्घाटन गर्न लेखक यहाँ आउन लागेका हुन ।
फागुन २२ र २३ गते डडेल्धुराको भित्रिमधेश परशुराम नगरपालिका ५ परिगाउँमा अवस्थित पवित्र एवं प्रशिद्ध तिर्थ स्थल परशुरामधाम परशुराम नगरपालिकाले साहित्य महोत्सवको आयोजना गरेका छ । उक्त साहित्य महोत्सव दोस्रो संस्करण सुईना सुदूरकाको उद्घाटनका लागि गृहमन्त्री लेखक परशुराम धाम आउने भएका हुन ।
काङ्ग्रेस केन्द्रीय सदस्य तथा गृहमन्त्री लेखकको भव्य स्वागत गरिने नेपाली काँग्रेस परशुराम नगरका नगर सचिव मञ्जुदेवी धामीले जानकारी दिईन ।












