जनतालाई केन्द्रमा राखेर स्थानीय तहले काम गर्नुपर्छः सभापति देउवा

Image

बर्दिबास । महोत्तरीको सीमावर्ती नगरपालिका मनरा सिसवाको नयाँ प्रशासनिक भवनको उदघाटन नेपाली काँग्रेसका सभापती शेरबहादुर देउवाले गरेका छन । नेपाल सरकार र मनरा सिसवा नगरपालिकाको करिव ७ करोड बढीको लागतमा निर्माण सम्पन्न प्रशासनिक भवनको नेपाली काङ्ग्रेसका सभापति शेरवहादुर देउवाले शुक्रवार एक समारोहबिच उद्घाटन गरेका हुन ।

उद्घटनका क्रममा देउवाले नयाँ भवनबाट जनताले पाउने सेवा सुविधाहरु थप प्रविधि मैत्री, चुस्त दुरुस्त र सहज हुने विश्वास व्यक्त गरेका छन ।

उनले स्थानीय सरकार भनेको जनताको हरेक समस्यामा साथ दिने सरकार भएकोले जनतालाई केन्द्रमा राखेर काम गर्नु पर्ने आवश्यकता औँल्याउए । जनतासँग प्रत्यक्ष सरोकार राख्ने भएकोले पनि स्थानीय सरकारको कामकारबाहीबाट समग्र सरकारको मूल्यांकन हुनेहुदा विकास निर्माण र जनको कामलाई सर्वोपरि मानेर दायित्व निर्वाह गर्नु पार्ने धारणा राखे ।

“संघीय सरकारको सफलताको पछाडि स्थानीय सरकारको हात हुने भएकोले जनप्रतिनिधिहरुले जन सेवक भएर कम गर्नु पर्छ भन्ने मेरो मान्यता छ । पूर्व प्रधानमन्त्रीसमेत रहेका देउवाले भने, आर्थिक समृद्धका लागि स्थानीय प्राकृतिक, धार्मिक र पुरातात्त्विक सम्पदाको प्रचारप्रसारदेखी कृषि पर्यटन लगायत क्षेत्रको आधुनिकीकरण र उर्वर भूमिको अधिकतम प्रयोग आवश्यक रहेको छ ।

नयाँ प्रविधिको प्रयोगले स्थानीय उत्पादनको प्रवर्द्धन र बजारिकरण गर्नेदेखि नव प्रवर्द्धनात्मक क्षेत्रको पहिचान र परिचालन गरि आर्थिकरूपमा सम्पन्न स्थानीय तह बनाउन सकिने सम्भावना व्यक्त गरे ।

उने भने, “सीपमूलक तालिमको अभियान सुरुगरेर रोजगारीको सम्भावना पहिचान गरेर कर्यान्वन गर्न सकिने नयाँ योजनाहरु अघि बढाउन सरकार र नेपाली काङ्ग्रेसले सहयोग पुर्याउने बिश्वास दिलाउन चाहन्छु । सडक, बिजुली, खानेपानी, सिचालगायतका क्षेत्रमा केन्द्र सरकारले साथ सहयोग र सहकार्य गर्ने छ ।

काङ्ग्रेस नेता विमलेन्द्र निधीले सहिद शिवचन्द्र मिश्र, मिथलेश दुवेको पवित्र भूमि रहेको मनरा सिसवा प्रजातान्त्रिक आन्दोलनका योद्धा र प्रेरक नगरपालिका रहेको स्मरण गरे । उनले नेपाली काङ्ग्रेस मुलुकको अग्रणी पार्टी भएकोले अन्य पार्टीले पनि काङ्ग्रेसलाई अभिभावक भएको धारणा राखे ।

यसअघि मनरा सिसवा नगरपालिकाका नगरप्रमुख मोहन पाण्डेले नौ सय ५० वर्ग फिटमा फैलिएको तीन तले नयाँ भवन वातानुकुलित, भुकम्प प्रतिरोधि र आधुनिक उपकरणले युक्त रहेको बताए। भवनमा २६ वटा कार्यकक्षका साथै ३ सय जना अटने सेमिनार हल २ वटा बैठक कक्ष, स्तनपान कक्ष, अपाङ्गता भएका सेवाग्राहीका लागि र्‍याम्प सुविधा तथा अग्नी नियन्त्रक र जल आपूर्तिको समुचित व्यवस्था रहेको प्रमुख प्रशासकीय अधिकृत राजेश शर्माले बताए ।

कूल ७ करोड २८ लाख ५० हजार लागतमा निर्माणसम्पन्न यो संरचनाको ५० प्रतिशत रकम नेपाल सरकार र बाँकी नगरपालिकाको बजेटबाट खर्च भएको नगरप्रमुख मोहन पाण्डेले बताए ।