भूकम्प प्रभावित क्षेत्रमा गृहमन्त्री लेखक

Image

बैतडी । गृह मन्त्री रमेश लेखक भूकम्प प्रभावितका घर पुनर्निर्माण गर्ने गरी आयोजना कार्यालय स्थापना गर्न बैतडी हुँदै बझाङ पुगेका छन । जिल्ला भूकम्पीय पुार्निर्माण तथा पुर्नस्थापना आयोजना कार्यान्वयन एकाइको उद्घाटन गर्न गृहमन्त्री लेखक शुक्रबार बझाङ पुगेका हुन ।

बझाङ केन्द्रविन्दु भए गत वर्ष असोज १६ र २० गते गएको भूकम्पले बझाङमा चार हजार ८५८ घर र बैतडीको सिगासमा दुई वटा घरमा क्षति पुगेको थियो । प्रभावित परिवारलाई सरकारले यस अघि अस्थायी आवासका लागि २१ करोड ५० लाख रुपियाँ राहत उपलब्ध गराइसकेको छ ।

भूकम्पले बझाङमा सात वटा सरकारी कार्यालयसहित चार हजार ८५८ घर, जयपृथ्वी राजमार्ग र केही सहायक सडकमा क्षति पुगेको जिल्ला प्रशासन कार्यालय बझाङका विपद् सम्पर्क व्यक्ति नरबहादुर धामीले बताए ।

दोस्रो चरणमा भूकम्पबाट प्रभावित परिवारलाई पुर्नस्थापना गर्न बझाङको जयपृथ्वी नगरपालिका–९, देवलमा आयोजना कार्यान्वयन एकाइ स्थापना भएको छ । सो आयोजनाको उद्घाटन गर्न गृह मन्त्री लेखक शुक्राबार बैतडीको खोड्पे हुँदै बझाङ आइपुगेको स्वकीय सचिव जनकराज भट्टले जानकारी दिए ।