डडेल्धुरा बहुमुखी क्याम्पसमा पुनः नेविसंघको नेतृत्व, सभापतिमा ऐर

Image

डडेल्धुरा । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन अन्तर्गत डडेल्धुरा बहुमुखी क्याम्पसमा नेविसंघका गौरव ऐर सभापतिमा निर्वाचित भएका छन् । मंगलबार भएको निर्वाचनमा ऐरसहित नेविसंघको प्यानल नै विजयी भएको हो ।

उनले कूल खसेको ३७५ मध्ये १८४ मत पाए । उनका प्रतिस्पर्धीको रुपमा संयुक्त प्यानलबाट मदन बोहरा र स्वतन्त्र समूहबाट कर्ण धामी सभापतिमा चुनाव लडेका थिए । नेपाली काँग्रेस (बीपी) निकट बोहरालाई एमाले निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन र मााओवादी केन्द्र निकट क्रान्तिकारी विद्यार्थी युनियनको समर्थन रहेको थियो ।

बोहराले १२८ मत पाए भने स्वतन्त्र उम्मेदवार धामीले ५२ मत पाए । पाँच सय ५२ विद्यार्थी रहेकोमा तीन सय ७५ मत खसेको निर्वाचन समितिले जनाएको छ । समानुपातिकतर्फ तीन सय ७६ मत खसेको छ ।

डडेल्धुरा बहुमूखी क्याम्पसमा यसअघि स्ववियु सभापतीमा नेविसंघकै दुर्गा भट्ट थिए । उनले अहिले पनि चुनाव लडेका नेविसंघ (बीपी) का मदन बोहरालाई पराजित गरेका थिए ।