स्ववियु चुनाव जितेपछि नेविसंघले गर्‍यो वनभोज

Image

डडेल्धुरा । चैत ५ गते भएको स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा नेपाल विद्यार्थी संघको प्यानल नै निर्वाचित भएपछि नेपाल विद्यार्थी संघ डडेल्धुराले शनिवार वनभोज कार्यक्रम गरि खुसी साटासाट गरेको छ । डडेल्धुरा बहुमूखी क्याम्पसमा नेविसंघबाट सभापतीका उम्मेदवार गौरव ऐरसहितको प्यानल नै वियजी भएपछि नेविसंघले वनभोज कार्यक्रमको आयोजना गरेको हो ।

विद्यार्थीहरु बिच खुसी साटासाट गर्नुकासाथै एकताको सन्देश दिन शनिवारका दिन जिल्ला सदरमुकामको अमरगढी पार्कमा वनभोज कार्यक्रमको आयोजना गरि मनाईएको नेविसंघ डडेल्धुराका अध्यक्ष पवन ऐरले बताए । विद्यार्थी एकतासंगै क्याम्पसको चौतर्फी विकासका लागि वनभोजमा बृहत छलफल गरि राय सुझाव लिईएको छ ।

क्याम्पसको शिक्षामा गुणस्तर, भौतिक पूर्वाधार विकास, खेलकुद क्षेत्रको विकाससंगै वर्ष भरी गरिने गतिबिधिहरु बारे वनभोज कार्यक्रममा छलफल गरिएको उनको भनाई छ ।