डडेल्धुराको त्रिबेणि बहुमुखी क्याम्पसमा नेविसंघ विरुद्ध अन्य विद्यार्थी संगठन सयुक्त

Image

डडेल्धुरा । सुदूरपश्चिम विश्व विद्यालयका क्याम्पसहरुमा हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा जोगबुडाको त्रिबेणी बहुमूखी क्याम्पसमा दुई वटा विद्यार्थी संगठन भिड्ने भएका छन ।

परशुराम नगरपालिका १२ लालढुंगामा रहेको स्थित त्रिबेणि बहुमूखी क्याम्पसमा नेपाल विद्यार्थी संघ र अनेरास्ववियुअखिल क्रान्तिकारीको सयुक्त प्यानल बिच चुनावि प्रतिशपर्धा हुदे भएको हो ।

सुदूरपश्चिम विश्व विद्यालयको डडेल्धुरामा एक मात्रै आंगिक क्याम्पस त्रिबेणिमा यहि चैत २७ गते हुने स्ववियु निर्वाचनमा पाँच संगठनले संगठन दर्ता गरेका थिए । तर मुख्यतः दुई संगठन बिच प्रतिस्पर्धा हुने देखिएको छ ।

स्ववियु निर्वाचन तालिका अनुसार सोमवार नेविसंघ, अनेरास्ववियु र अखिल क्रान्तिकारीको सयुक्त प्यानल बिच प्रतिस्पर्धा देखिएको हो ।

एमाले निकट अनेरास्ववियु र माओवादी निकट अखिल क्रान्तिकारी बिच आईतबार प्यानल बनाएर लड्ने गठबन्धन भएपछि दुइ संगठनका बिच प्रतिशपर्धा हुन लागेको छ ।

दुई वटै संगठनले माओवादी केन्द्र निकट अनेरास्ववियु (क्रान्तिकारी) का भोज लुहारलाई अध्यक्षको पदमा उम्मेदवार बनाई अघि सारेको छ । यता नेपाली नेविसंघले इकाई कमिटि सभापति प्रकाश अवस्थीको नेतृत्वमामा प्रतक्ष र समानुपातिक उमेदवारको उमेदावारी दर्ता गरेको छ ।