त्रिबेणि क्याम्पसमा नेविसंघका अवस्थी प्यानलसहित विजयी

Image

डडेल्धुरा । सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस त्रिबेणी बहुमुखी क्याम्पस जोगबुडाको स्ववियु निर्वाचनमा नेविसंघका प्रकाश अवस्थी नेतृत्वको प्यानल नै विजयी भएको छ ।

भित्रिमधेश परशुराम नगरपालिका १२ लालढुंगामा रहेको क्याम्पसमा बुधवार भएको स्ववियु निर्वाचनमा नेविसंघको प्यानल नै विजयी भएको हो । निर्वाचनको अन्तिम परिणाम अनुसार नेविसंघका अवस्थीले अखिल क्रान्तिकारीका भोज लोहारलाइ पाराजित गर्दै स्ववियु निर्वाचन जितेका हुन ।

जम्मा ३११ मतादाता संख्या रहेको निवार्चनमा ३०१ मत खसेका थिए । खसको मत मध्ये अवस्थीले १६७ मत पाए भने लोहारले १३२ मत पाए । अन्य सबै पदहरुमा नेविसंघकै उमेदवारहरु विजयी भएका छन ।

नेविसंघबाट सचिवमा भुवन बोहरा, कोषाध्यक्षमा बिन्द्रा धामी, सदस्यहरुमा केशब बोहरा, निर्मला धामी, सरस्वती सुनार, अस्मिता खड्का, उषा पाण्डेय (उर्मिला) र निराजन बोहरा निर्वाचित भएका छन ।

निर्वाचनमा अखिल क्रान्तिकारीका भोज लोहार क्रान्तिकारी र अखिल सम्मीलित सयुंक्त प्यानलका उम्मेदवार रहेका थिए भने अवस्थी नेविसंघका एक्ला उम्मेदवार हुन ।