काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा नेकपा (एमाले) नेता रघुजी पन्त नियुक्त हुने भएका छन । प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीका प्रेस संयोजक रामशरण बजगाइँले पन्तको नाम शिक्षामन्त्रीमा सिफारिस भएको जानकारी दिए ।
यसअघि शिक्षामन्त्री विद्या भट्टराईले वैशाख ८ गते सोमबार प्रधानमन्त्री समक्ष राजीनामा पेस गरेकी थिईन ।












