डडेल्धुरा । अमरगढी नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष माथि भएको कुटपिट घटना प्रति नेपाल दरुण दल डडेल्धुराले घोर भत्र्सना गरेको छ । विज्ञप्ति जारी गर्दै तरुण दलले घटनाको घोर भत्र्सना र दुःख व्यक्त गरेको छ ।
तरुण दलले नागरिकको सेवामा खटिएको अवस्थामा वडा अध्यक्ष केबी ताम्राकार माथि निर्घात कुटपिट भएको भन्दै घोर भत्र्सना गरेको हो । वैशाख ११ गते साँझको समयमा उनी घर जाँदै गर्दा अमरगढी ६ को भजनपुर स्थित वडा कार्यालय अगाडी कुटपिट गरिएको थियो ।
अपराधिक क्रियाकलापमा संलग्नलाई यथासिघ्र पक्राउ गरि कानूनी कार्वाही गर्न सम्बन्धित पक्षसंग जोडदार माग गर्दछौ । तरुण दल डडेल्धुरका कार्यबाहक अध्यक्ष करन बोहराद्धारा हस्ताक्षरित बिज्ञप्तिमा भनिएको छ ।












